२ मंसिर,विराटनगर /डिजिटल प्रविधि द्वारा कृष्कहरुलाइ कृषि सम्बन्धी जानकारी दिने उद्देश्यले विराटनगरमा मोवाइल एप्स तालिम सम्पन्न भएको छ ।
कृषि सुचना तथा संचार केन्द्रको आयोजना भएको दुइ दिने तालिममा मोरङ जिल्लाका ३० जना कृषिकहरुको सहभागिता रहेको थियो । तालिममा मोवाइल मार्फत कृषकहरुलाइ कुन खेति कुन समयमा गर्ने, कृषि जन्य उपजको बजार मुल्य लगायतका विषय मोवाइल एप्स मार्फत जानकारी लिने डिजिटल प्रविधिका विषयमा जानकारी गराइएको थियो ।
कृषि घर नामक डिजिटल कृषि एप्सबाट अहिलेसम्म ८ हजार कृषकहरुले सेवा लिइरहेको कृषि सुचना तथा संचार केन्द्रले जनाएको छ । कृषकहरुले स्मार्ट फोन मार्फत सो एप्सको प्रयोग गरेर आफुलाइ लागेका कृषिसंग सम्बन्धीत प्रश्नहरु सोध्न सक्नेछन् । तालिमको सहजिकरण सफ्टवेयर इन्जीनियर अनिस श्रेष्ठ, क्षेत्रीय कृषि निर्देशक ताराकुमार श्रेष्ठ र कृषि सुचना तथा संचार केन्द्रका प्रमुख मिन बुढाथोकीले गरेका थिए ।