AArya
RUMPUM
animated ellipse animated ellipse

लेटाङमा समावेश गर्न माग

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२ मंसिर २०७३, बिहीबार १९:२४
3
Shares
२ मंसिर,विराटनगर मोरङको जाँते गाविसको वडा नम्बर–३ का बासिन्दाले आफुहरुलाई मिक्लाजुङ नगरपालिकामा गाभिएकोमा विरोध जनाएका छन् ।
दुईवटा बस रिजर्व गरेर जिल्ला विकास समितिको कार्यालय विराटनगर आएका जाँते वडा नम्बर ३ का स्थानीयवासीले आफुहरुलाई मिक्लाजुङ नगरपालिकामा नभएर लेटाङ नगरपालिकामा समावेश गर्न माग गरेका छन् ।
उनीहरुले मोरङका स्थानिय विकास अधिकारी शोभाखर रेग्मीलाई भेटेर पुर्नसंरचना प्रस्तावमा आफुहरुलाई पायक नपर्ने मिक्लाजुङ नगरपलिकामा गभिएको भन्दै पायक पर्ने लेटाङ नगरपालिकामा समावेश गर्न माग गरेका छन् । जाँते गाविसका अन्य सबै वडालाई लेटाङ गाविसमा राख्ने प्रस्ताव पठाइएपनि वडा नम्बर ३ र ४ लाई मिक्लाजुङ नगरपालिकामा गाभ्ने प्रस्ताव पठाएपछि वडा नम्बर ३ का स्थानीयबासीन्दाले बिरोध जनाएका हुन् ।
उनिहरुले आफुहरुलाई लेटाङ नगरपालिकामै राख्दा सहज हुने भएकाले लेटाङमै गाभ्नुपर्ने माग गरेका छन् ।
स्थानियवासीसँग छलफल नै नगरि मिक्लाजुङलाई नगरपालिका बनाउन जनसंख्या पु¥याउने हिसाबले जाँतेलाई टुक््रयाइएको स्थानियवासीको भनाई छ । स्थानियबासीको ज्ञापनपत्र बुझेपछि स्थानीय विकास अधिकारी शोभाखर रेग्मीले आफुहरुले केन्द्रमा पठाएको प्रस्ताव अन्तिम नभएकाले स्थानियवासीको अफ्ठ्यारा र चासोलाई सम्बोधन गर्ने हिसाबले आयोगमा सिफारिस पठाइने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर