AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

महेन्द्र गोल्छा स्मृति पूर्वाञ्चल स्तरिय ब्याडमिन्टन प्रतियोगिताको व्यवस्थापन फितलो

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३० कार्तिक २०७३, मंगलवार २०:०७
3
Shares

३० कार्तिक विराटनगर/ विराटनगरमा संचालन भएको महेन्द्र गोल्छा स्मृति पूर्वाञ्चल स्तरिय ब्याडमिन्टन प्रतियोगिताको व्यवस्थापन फितलो भएको भन्दै खेलाडीहरुले गुनासो गरेका छन् ।

मोरङ जिल्ला ब्याडमिन्टन संघको आयोजनामा आइतबार देखि भएको प्रतियोगितामा टाढाबाट आएका खेलाडिहरुलाइ बेवास्ता गरिएको खेलाडिहरुले गुनासो गरे । प्रतियोगितामा भाग लिन आएका सप्तरीको फत्तेपुर ब्याडमिन्टन क्लबका अध्यक्ष सन्तोष कट्वालले आयोजकले पुरस्कार राशीपनि कम दिएको र टाढाबाट आएका खेलाडीहरुलाइ बस्ने खानेको समेत व्यवस्था नगरेको गुनासो गरे ।

प्रतियोगितामा भागलिनका लागि आफुहरु इन्ट्री फि समेत १५ सय रुपैया तिर्नु परेको तर त्यस अनुसारको व्यवस्थापन भने नदेखिएको उनले बताए ।

त्यस्तै झापाबाट आएका खेलाडि दिपक घिमिरे आयोजकले खान र बस्नको व्यवस्था नगर्दा टाढाबाट आएका खेलाडीहरुले सास्ती व्यहोर्नुपरेको बताए ।

प्रतियोगितामा मोरङ, झापा, सुनसरी लगायत पूर्वाञ्चलका विभिन्न जिल्लाका एक सय बढि खेलाडिहरुको सहभागिता रहेको थियो । आयोजकले प्रतियोगितामा प्रथम हुने खेलाडीलाइ १५ हजार, द्वतिय हुनेलाइ १० हजार र तृतिय हुनेलाइ ५ हजार पुरस्कार दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर