RUMPUM
animated ellipse animated ellipse

इटहरी प्रिमियर लिग क्रिकेटमा आयोजक र विराटनगरे विजयी

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२९ पुष २०७४, शनिबार १७:३२
3
Shares
सुनसरी, २९ पुस / इटहरीमा जारी दोस्रो अण्डर १९ इटहरी प्रिमियर लिग क्रिकेट प्रतियोगितामा आज भएको खेलहरुमा आयोजक इटहरी क्रिकेट एकेडेमी र बिराटनगर बिजयी भएका छन ।

पहिलो खेलमा आयोजक इटहरी क्रिकेट एकेडेमीले नेपालगञ्जलाई ३ विकेटले पराजित गरेको छ । इटहरी स्थित डिभिएम स्कूलको खेल मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालगञ्जले निर्धारित १७ ओभरको खेलमा ९ विकेट गुमाउदै ६० रन बनाएको थियो ।

नेपालगञ्जका लागी लवकुश यादवले नटआउट १५ रन बनाउनु बाहेक अन्यले दोहोरो स्कोर बनाउन सकेनन । इटहरीका भुपाल लुइटेलले ३ विकेट तथा पवन सर्राफ र सोनु मण्डलले २–२ विकेट लिए ।

जवाफमा ६१ रनको झिनो बिजयी लक्ष्य पछ्याएको इटहरीले १२ दशमलव ३ बलमा ७ विकेटको क्षतिमा लक्ष्य भेटाएको थियो । नेपालगञ्जका लवकुश यादव र अजय शहनीले ३–३ विकेट लिए । सो खेलको म्यान अफ द म्याच इटहरीका भुपाल लुइटेल घोषित भए ।

दोस्रो खेलमा बिराटनगरले धनगढीलाई ९ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको बिराटनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै १ सय २ रन बनाएको थियो । बिराटनगरका लागी फिर्दोश अन्सारीले सर्वाधिक ३४ रन बनाउँदा अंकित सुबेदीले ११, दिपेश कंडेल र मुकुन्द यादवले १०–१० रन बनाए ।

धनगढीका सागर भण्डारीले २ विकेट लिए । १ सय ३ रनको लक्ष्य पछ्याएकोे धनगढी १९ दशमलव १ बलमा सवै विकेट गुमाई ९३ रनमा समेटियो । धनगढीका लागी बशन्त कार्कीले सर्वाधिक ३५ रन, सागर भण्डारीले २१ र लोकेश बमले १० रन बनाए ।

बिराटनगरका म्यान अफ द म्याच फिर्दोश अन्सारीले २, विवेक यादवले ३ विकेट र मिनश थापाले २ विकेट लिए । आइतबारको पहिलो खेल आयोजक इटहरी र भैरहवा तथा दोस्रो खेल धनगढी र काठमाण्डौ बिच हुने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर