पूर्वाञ्चल खबर
मलेसियाको यूकेएम यूएसडी ओभलमा आज भएको नेपालले आपरनो पहिलो खेलमामा बहराइनलाई ७ विकेटले पराजित गरेको हो । ८८ रनको भिनो स्कोर नेपालले २१ ओभरमा ३ विकेट गुमाई सो लक्ष्य पार गरेको थियो । नेपालको जितमा ओपनर ब्याटर अर्जुन कुमालले अविजित ३६ रन जोड्दा पूर्व कप्तान रोहित पौडेलले पनि अविजित १९ रनको योदान दिए । बहराइनका इमरान जावेद अनवरले २ विकेट लिए ।
यस अघि टस हारेर पहिलो ब्याटिङ गरेको बहराइनले कप्तान सन्दीप लामिछानेले ५ विकेट लिए पछि ३६ दशमलव २ बलमा ८७ रनमा सिमित भयो । बहराइनकालागि फियज अहमदले १५ रन बनाउँदा महमद वासिमले १३ रन र पुछारका ब्याटर अलि दाउदले १० रनको योगदान दिए । करिव ५ वर्षपछि कप्तानीमा फर्केका कप्तान सन्दीप लामिछानेले ५ विकेट लिए । उनले १० ओभरमा ४ मेडन राख्दै १४ रन माात्र दिए । त्यस्तै ललित राजवंशीले ६ दशमलव २ बलमा १ मेडन राख्दै २० रन खर्चेर ३ विकेट लिँदा करण केसीले २ विकेट लिए ।
नेपाल क्रिकेट संघ क्यानले गत महिना रोहितकुमार पौडेललाई हटाएर सन्दीपलाई कप्तानी जिम्मेवारीमा फर्काएको थियो । सन्दीप कप्तानमा फर्किएपछि नेपालको यो पहिलो आधिकारिक खेल हो ।