AArya
RUMPUM
animated ellipse animated ellipse

एन्फालाई गर्यो फिफाले निलम्बन

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

११ असार २०८३, बिहीबार ०८:२३
3
Shares
विराटनगर/ अखिल नेपाल फुटबल संघ (एन्फा)लाई विश्व फुटबलको सर्वोच निकाय अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले निलम्बन गरेको छ ।

फिफा काउन्सिल ब्युरोले तेस्रो पक्षको हस्तक्षेपसँग सम्बध्ति फिफा विधानको गम्भीर उल्लङघन भएकाखे निष्कर्ष निकाल्दै एन्फामाथि बुधबार निलम्बन गरेको हो । फिफा विधानको धारा १४ बमोजिम एन्फालाई अर्को सूचना नआएसम्मका लागि निलम्बन गर्ने निर्णय गरेको हो ।यो निर्णयसँगै एन्फाले फिफा विधानको धारा १३ अन्तर्गत प्राप्त सबै सदस्यता अधिकार गुमाएको छ।

निलम्बनसँगै नेपाली राष्ट्रिय टोली, एन्फाका प्रतिनिधि टोली तथा क्लब टोलीहरू अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन नपाउने फिफाले उल्लेख गरेको छ । यस्तै एन्फा वा एन्फासँग सम्बन्धित कुनै पनि सदस्य वा पदाधिकारीले फिफा तथा एएफसीद्वारा सञ्चालित विकास कार्यक्रम, तालिम वा प्रशिक्षणबाट लाभ लिन पाउने छैनन्।

यस्तो निलम्बन तेस्रो पक्षकाृ हस्तक्षेप अन्त्य भई फिफाको सर्तहरु पुरा भएपछि मात्र फुकुवा हुन सक्छ । फिफाको निर्णयले नेपाली फुटबल गम्धीर संकटमा परेको छ भने यसका कारण नेपालले अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा सहभागितामाथि प्रत्यक्ष असर पर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर