पूर्वाञ्चल खबर



६४ रनको लक्ष्य पाएको विराटनगरले १० दशमलव ३ बलमा २ विकेट गुमाउँदै लक्ष्य भेट्टायो । प्लेयर अफ म्याच विराटनगरकी कप्तानसानु राजवंशीले सर्वाधिक अविजित ३५ रनको योगदान गरिन् । सिरहाकी स्वेता लामाले १ विकेट लिइन् ।
दोस्रो खेलमा राजविराज हवले आयोजक नेपाल क्रिकेट फाउण्डेसन–११ (एनसीएफ) लाई १ सय १९ रनले पराजित गरि फाइनलमा प्रवेश गरेको छ । लगातार २ खेलमा पराजित हुँदै एनसीएफ प्रतियोगिताबाट बाहिरिएको छ ।टस हारेर ब्याटिङ गरेको राजविराजले निर्धारित २० ओभरमा ५ विकेट गुमाई १ सय ५० रनमा विशाल स्कोर बनाएको थियो । राजविराजकी कप्तान प्लेयर अफ म्याच साक्षी यादवले सर्वाधिक अविजित ७२ रन बनाइन् । यादवले ६३ बलमा ५ चौका प्रहार गर्दै ७२ रन बनाउँदै प्रतियोगितामा पहिलो हाफ सेन्चुरी बनाउँन सफल भइन् । एनसीएफकी अनिष थापाले १ विकेट लिँदा सञ्जिता खडका, टनुजा मगर, सञ्जु परियार र झरना घिमिरे १–१ विकेट लिइन् ।
१ सय ५१ रनको विशाल लक्ष्य पाएको एनसीएफले १९ दशमलव २ बल खेल्दै सवै विकेट गुमाई ३१ रन मात्र बनाउँन सक्यो । एनसीएफका कुनै पनि ब्याटरले दोहोरो अंकलाई छुन सकेनन् । राजविराजकी सचिता यादवले २ विकेट लिँदा सुस्मिता यादवले १ विकेट लिइन् । बाकी विकेट रन आउट भएको थियो ।
लिगको अन्तिा खेल आइतबार सिरहा र एनसीएफ–११ तथा दोस्रो खेल विराटनगर हव र राजविराज हव विच प्रतिस्पर्धा हुने छ ।