AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

विवादमा तानिएका श्रममन्त्री साह पदमुक्त, स्वास्थ्य मन्त्री मेहतालाई सचेत गराइयो

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२६ चैत्र २०८२, बिहीबार १७:०२
27
Shares
विराटनगर / विवादमा तानिएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहलाई प्रधानमन्त्री वालेन्द्र साहले पदमुक्त गरेका छन् ।

स्वार्थ बाझिने काम गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वाप) ले साहलाई पदमुक्त गर्न पत्र पठाएको थियो । त्यसपछि प्रधानमन्त्रीले आज पदमुक्त गरेका हुन् ।

रास्वपा सभापति रवि लामिछानेले आज नै श्रममन्त्री साहले मन्त्री पदमा बहाल रहँदा पदीय मर्यादाको दुरुपयोग गरी श्रीमतीलाई लामो समयदेखि निष्क्रिय रहेको स्वास्थ्य बीमा बोर्डको सदस्यका रूपमा नियमित कार्यमा संलग्न गराएको भन्दै कारबाहीका लागि प्रधानमन्त्रीसमक्ष सिफारिस गरेका थिए । यसबाट पार्टीको छवि, आदर्श, सिद्धान्त र मर्यादामाथि आँच आउने देखिएको छ ।’पार्टीले गम्भीर विषयमा आफ्नो जिम्मेवारीमा अपेक्षित गाम्भीर्यता नदेखिएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहतालाई पनि सचेत गराउन सिफारिस गरेको छ ।

मन्त्री साह एकपछि अर्को विवादमा मुछिएका घटनाहरु सार्वजनिक भएपछि प्रधानमन्त्री साहले चासो देखाएर रास्वपाका नेताहरुसँग छलफल गरेका थिए । गत चैत १३ गते मन्त्री नियुक्त भएका आफ्नै श्रीमती जुनु श्रेष्ठलाई स्वास्थ्य बिमा बोर्डमा हाजिर गराएका थिए । साह महोत्तरी–२ का प्रत्यक्ष निर्वाचित सांसद हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर