पूर्वाञ्चल खबर
दुवै जनाले एक महिनाभन्दा लामो समयदेखि प्रदेशभरी चुनावी अभियान चलाइरहेका छन् । निर्वाचन समितिले प्रकाशन गरेको निर्वाचन कार्यक्रम अनुसार आइतबार दिउँसो १ बजे उम्मेदवारी मनोनयन दर्ता हुनेछ ।
बेलुकी ६ बजेदेखि ८ बजेसम्म मतदान हुनेछ भने मतदान सकिएपछि मतगणना र परिणाम घोषणा हुनेछ । निर्वाचन कार्यक्रम अनुसार महासंघ कोशीले आइतबार राति अबेरसम्ममा नयाँ कार्यसमिति पाउने छ ।
अध्यक्षका आकांक्षीहरु राउत र रिजाल दुवैले आ–आफ्नो प्यानल बनाएर प्रतिष्पर्धा गर्दैछन् । यी दुई उद्योगीबीचको चुनावी प्रतिस्पर्धा नयाँ भने होइन ।
झण्डै आठ वर्षअघि मोरङ व्यापार संघको निर्वाचनमा पनि उनीहरू फरक–फरक प्यानलबाट भिडेका थिए, जहाँ रिजाल पक्ष विजयी बनेको थियो । यसपटक राउत पुरानो हारको बदला लिने योजनामा हुँदा रिजाल भने पुरानै सफलता दोहो¥याउने लक्ष्यमा हुनेछन् ।
फागुन २१ प्रतिनिधि सभा निर्वाचनका कारण आचारसहिताको कारण निर्वाचन पछि धकेलिएको हो । मैदानमा ओर्लिएका राउत महासंघका वर्तमान अध्यक्ष हुन् । उनी उदयपुर उद्योग वाणिज्य संघका अध्यक्ष, मोरङ व्यापार संघका वरिष्ठ उपाध्यक्ष र महासंघको उपाध्यक्ष भएर काम गरिसकेका छन् । आफ्नो कार्यकालमा सुरु गरिएका पूर्वाधार निर्माणसहितका अधुरा परियोजना सम्पन्न गर्ने स्पष्ट एजेन्डासहित उनले पुनः नेतृत्व दाबी प्रस्तुत गरेका हुन् ।
अर्को उम्मेदवारका दावेदार रिजाल मोरङ उद्योग व्यापार संघका अध्यक्ष भइसकेका छन् । उनी हाल नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य हुन् । रिजालले व्यापार संघको आफ्नो कार्यकालमा व्यवसायीका मुद्दालाई सडकसम्म पु¥याएर दबाब सिर्जना गरेको जस पाउने गरेका छन् । यसपटक पनि रिजालले उद्योगी व्यवसायीको हितका लागि महासंघमार्फत पहल गर्ने, औद्योगिक वातावरण निर्माणका लागि पहल र दबाब सिर्जना गर्ने लगायतका मुद्दालाई चुनावी एजेन्डा बनाएका छन् ।
महासंघ कोशीमा हुन लागेको निर्वाचनमा कूल २०५ जना मतदाता हुनेछन् । जिल्ला नगर उद्योग वाणिज्य संघहरुबाट ३८, वस्तुगत संघसंस्थाबाट १९ र एसोसिएटबाट १४८ गरी २०५ मतदाताले महासंघको नेतृत्व चयनका लागि मतदान गर्नेछन् ।
१ जना अध्यक्ष, ३ जना उपाध्यक्ष ( जिल्ला–नगर, वस्तुगत र एसोसिएट) र १ जना कोषाध्यक्ष गरी ५ जना पदाधिकारी छानिने छन् ।
त्यस्तै जिल्ला–नगरबाट ५ जना सदस्य, वस्तुगतबाट २ र एसोसिएटतर्फबाट २ जना सदस्य छानिने छन् । यसरी आइतबार हुने निर्वाचनबाट महासंघको १४ सदस्यीय प्रदेश समिति छानिनेछ ।
साधारण सभामा कोशी प्रदेशका १४ जिल्लाका उद्योग वाणिज्य संघ, पेशागत समूह, विभिन्न फर्म मतदाता रहनेछन् । यो निर्वाचनलाई यहाँको दुई धारमा विभक्त निजी क्षेत्रको स्पर्धाका रुपमा हेरिएको छ ।