AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

प्रथम बुढीगंगा गोल्डकप फुटवल हुदै

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१७ चैत्र २०८२, मंगलवार १८:२४
108
Shares
प्रथम वुढीगांगा गोल्डकपको बारैमा जानकारी दिँदै आयोजक । तस्वीर : पुष्पराज थपलिया
विराटनगर । मोरङको वुढीगंगा गाउँपालिकामा प्रथम वुढीगांगा गोल्डकप–२०८२ हुने भएको छ ।

पालिकाले आज वुढीगंगाको हात्तिमुढामा आयोजित पत्रकार सम्मेलनमा चैत २१ गतेदेखि चैत २७ गतेसम्म गोल्डकपको आयोजना हुने बताएको हो । पालिकाको वडा नं २ अमाही खेल मैदानमा हुने गोल्डकपमा कोशी, मधेश, वागमती प्रदेश र भारतको पश्चिम बङ्गालका गरी आठ बटा प्रदेशस्तरीय ए श्रेणीको क्लवको सहभागिता हुने पालिकाका अध्यक्ष जीतनारायण थापा मगरले जानकारी दिए ।

प्रतियोगितामा वुढीगंगा गाउँपालिका टीम, सलेहश युवा क्लव सिरहा, राजारानी युवा क्लव धनकुटा, धरान फुटवल क्लव धरान,चाल्सा क्लव झापा, आरएफसि काठमाण्डौ, नाइजेरियन क्लव र कञ्चनजङ्घा क्लव सिलीगुढी पश्चिम वङ्गाल भारत रहेको प्रतियोगिताका संयोजक रेवतीनारायण चौधरीले जानकारी दिए ।

प्रतियोगिताको विजेता टोलीलाई ५ लाख, उप–विजेतालाई २ लाख ५० हजार नगदसहित ट्रफि हात पार्ने छ । विधामा उत्कृष्ट हुने खेलाडीहरुलाई नगदसहित पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, हाईस्कोरर लगायतका विभिन्न विधामा पनि पुरस्कार दिईने कार्यक्रम संयोजक चौधरीले बताए । गोल्डकप आयोजनामा करिव ३९ लाख खर्च हुने अनुमान गरिएको छ । गाउँपालिकाले १२ लाख विनियोजन गरेको गाउँपालिका उपाध्यक्ष अमृताकुमारी गच्छदारले बताइन्।

प्रतियोगिता आयोजनामा सहयोगका लागि विभिन्न संघ संस्था, उद्योगी व्यवसायी, छिमेकी स्थानीय तह र प्रदेश खेलकूद विकास बोर्ड समक्ष आग्रह गरिएको उनले बताइन्। तिन युगु, तिन नेतृत्व र विगत, वर्तमान र स्थानीय नेतृत्वको सम्मान भन्ने नारा सहित आयोजना हुने गोल्डकपका लागि प्रवेश निशुल्क रहेको बुढीगंगा युवा परिषद्का सदस्य सचिव कृष्ण भट्टराईले जानकारी दिए।

युवाहरुलाई खेलप्रति आकर्षित गराई लगनशिल एवं अनुशासित बनाइ पालिकालाई फुटवलको उर्वर भूमिको रुपमा विकास गर्न प्रतियोगिताको आयोजना गरिएको हो । पालिकाले आफ्नै खर्चमा ५० जना युवालाई विगत एक वर्षदेखि फुटवलको प्रशिक्षण दिई प्रतियोगिताको लागि ३२ जना छनौट गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर