AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

आन्दोलनमा उत्रिएका एमालेका नेता कार्यकर्तामाथि प्रहरीले लाठीचार्ज, काठमाण्डौ तनावग्रस्त

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१४ चैत्र २०८२, शनिबार १७:५९
54
Shares
काठमाण्डौ / नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेपछि त्यसको विरोधमा एमालेले देशैभर विरोध प्रदर्शन गरेको छ।

आन्दोलनमा उत्रिएका एमालेका नेता कार्यकर्तामाथि प्रहरीले लाठीचार्ज गरेको छ ।

एमालेको प्रदर्शन आज हिंसात्मक झडपमा परिणत भएको हो ।
२३ वटा जनसंगठनहरूले माइतीघरमा आज अपराह्न विरोध प्रदर्शन गरेका थिए।

उनीहरूले वर्तमान सरकारविरूद्ध नारा लगाउँदै टायर समेत बालेका थिए। प्रदर्शनकारीहरूले केही निजी सवारी साधन समेत तोडफोड गरेका थिए।

माइतीघरको प्रदर्शन उग्र बन्दै जाँदा केही प्रदर्शनकारी सिंहदरबारको दक्षिण गेट लागेका थिए। उनीहरूले सिंहदरबारमा ढुंगामुढासमेत गरेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीको लाठीचार्जबाट एमालेका नेता तथा कार्यकर्ता घाइते भएका छन् । सिंहदरबार आसपासको क्षेत्रलाई उच्च सुरक्षा घेरामा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर