AArya
RUMPUM
animated ellipse animated ellipse

नैतिक जिम्मेवारी लिँदै कांग्रेसका सभापति गगन थापाले दिए पदबाट राजीनामा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

५ चैत्र २०८२, बिहीबार ०७:४०
99
Shares
फाइल तस्वीर
विराटनगर / नैतिक जिम्मेवारी लिँदै नेपाली कांग्रेसका सभापति गगन थापाले राजीनामा दिएका छन् ।

गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका थापाले बुधबार नै उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका हुन् । तर, यसका बारेमा औपचारिक घोषणा भने गरिएको छैन ।

यसअघि काठमाण्डौ ४ बाट निर्वाचित हुँदै आएका थापा यसपटक सर्लाही ४ बाट उम्मेदवार थिए । उनलाई रास्वपाका डा अमरेशकुमार सिंहले पराजित गरे । रास्वपाले झण्डै दुई तिहाइ सिट प्राप्त गर्दा दोस्रो भएको कांग्रेसले प्रत्यक्षमा १८ र समानुपातिकमा २० गरी ३८ सिट मात्रै प्राप्त गरेको छ ।

चुनावी नतिजापछि राजीनामाको तयारी गरेका थापालाई पार्टीका विभिन्न तहका नेताहरुले राजीनामा नदिन सुझाव र दबाब दिँदै आएका थिए ।

थापाको नेतृत्वमा बनेको नयाँ कार्यसमिति अझै स्थायित्वको संकटबाट गुज्रिरहेको अवस्थामा आएको राजीनामाले कांग्रेसको आन्तरिक राजनीति थप जटिल बनेको छ । गत पुस २७ देखि ३० गतेसम्म भृकुटीमण्डपमा सम्पन्न विशेष महाधिवेशनमार्फत थापा सभापतिमा निर्वाचित भएका थिए । महाधिवेशनले १ सय ३४ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति चयन गर्दै पुरानो नेतृत्वलाई विस्थापित गरेको थियो ।

तर, उक्त महाधिवेशनको वैधानिकता सुरुदेखि नै विवादित रह्यो । तत्कालीन सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले उक्त महाधिवेशनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । जुन हालसम्म विचाराधीन अवस्थामा छ । यद्यपि, निर्वाचन आयोगले माघ ४ गते थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिक मान्यता दिँदै अद्यावधिक गरिसकेको छ ।

महाधिवेशन आफैं पनि पार्टीभित्रको गहिरो विवाद र असन्तुष्टिको परिणाम थियो । पार्टी विधानअनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर जुटेपछि तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने व्यवस्था छ । सोही प्रावधानअनुसार थापा र शर्माले ५४ प्रतिशत प्रतिनिधिको समर्थन जुटाएर महाधिवेशन आयोजना गरेका थिए । त्यस क्रममा देउवा समूहले निर्वाचनलाई कारण देखाउँदै महाधिवेशन रोक्न खोजेको आरोप लागेको थियो ।

विशेष महाधिवेशनले नेतृत्व परिवर्तन मात्रै नभएर पार्टी नीति र कार्यदिशामा समेत परिवर्तनको संकेत दिएको थियो । थापाले पुरानो नेतृत्वको ‘अलोकप्रियता’ हटाएर नयाँ ऊर्जा र विश्वासका साथ निर्वाचनमा जाने रणनीति अघि सारेका थिए । तर, परिणाम त्यसको ठीक उल्टो आयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर