खबर पूर्वाञ्चल
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता एवं सूचना अधिकारी डीएसपी हरिनन्दन चौधरीका अनुसार, विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बेलबारी र प्रहरी चौकी गछियाबाट खटिएको संयुक्त टोलीले सोमबार साँझ ६ बजेतिर पक्राउ गरेको हो । लिम्बूको घरमा हतियार लुकाएर राखिएको विशेष सूचनाका आधारमा नियन्त्रणमा लिन प्रहरी पुगेको थियो ।
खानतलासीका क्रममा लिम्बुको सुत्ने कोठाबाट मेड इन यूएसए लेखिएको पेस्तोल, एउटा भरुवा बन्दुक र २ थान हेण्डसेट फेला परेको डीएसपी चौधरीले बताए । उनका अनुसार सोधपुछका क्रममा लिम्बूले उक्त हतियार गुरुङबाट लिएको बताएका थिए ।
प्रारम्भिक अनुसन्धानका क्रममा उक्त हतियार र सञ्चार सेटमा प्रेमबहादुर गुरुङको समेत संलग्नता देखिएपछि प्रहरीले उनलाई पनि घरैबाट नियन्त्रणमा लिएको हो।
पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय बेलबारीमा राखेर हातहतियार खरखजाना सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।