खबर पूर्वाञ्चल
मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी हरिनन्दन चौधरीका अनुसार भारतबाट नेपाल प्रवेश गरेका प्र ३–०१–००५ ख ९४२५ र प्र ३–०१–००६ ख १३०८ नम्बरको ट्रक नियन्त्रणमा लिइएको हो । ९४२५ नम्बरको ट्रकका चालक सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ का ४९ वर्षीय ऋषिराम पौडेल र अर्को ट्रकका चालक रामेछापको मन्थली नगरपालिका–१० का ३७ वर्षीय कुमार बुढाथोकी हुन् ।
लत्ताकपडा लोड गरिएको ट्रक नियन्त्रणमा लिएर दुवै चालकलाई पक्राउ गरिएको जानकारी डीएसपी चौधरीले दिए । उनका अनुसार बिल बीजकभन्दा बढी कपडा लोड रहेको र भन्सार मूल्यांकन कम गरेर राजस्व चुहावट गरिएको भन्ने सूचनाका आधारमा चालकसहित दुवै ट्रकलाई नियन्त्रणमा लिइएको हो ।
ट्रकमा लोड गरिएको लत्ताकपडाको अन्दाजी मूल्य १ करोड ८१ लाख २६ हजार ८७ रूपैयाँ रहेको अनुमान गरिएको छ । चालकसहित नियन्त्रणमा लिइएको ट्रकलाई प्रहरीले आवश्यक अनुसन्धान एवं कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाएको छ ।