खबर पूर्वाञ्चल
निर्वाचन क्षेत्रका जनताप्रति उत्तरदायी हुन नसक्नेलाई पटक–पटक जिताउन आवस्यक नभएको उनको भनाई छ । नेपाल बौद्धिक परिषद् क्षेत्रीय निर्वाचन समिति मोरङ क्षेत्र नं. ६ ले आज विराटनगरमा आयोजना गरेको क्षेत्रीय भेला तथा अन्तरक्रिया कार्यक्रममा नेता पण्डितले आफु सो क्षेत्रको सांसद हुँदा साढे ५ अर्वको विकास निर्माणको काम गरेको बताउनु भयो । झापा ५ मा गरिएको लगानी भन्दा कम नभएको उनले बताए ।
क्षेत्र नं. ६ का निर्वाचन कमाण्डर समेत रहेका नेता पण्डितले निवर्तमान सांसद डा.शेखर कोइरालाप्रति लक्षित गर्दै भने,‘ अव न सभापति, न प्रधानमन्त्री बन्ने अवस्था छ ।’ भोट किन दिने ? निर्वाचन जितेपछि जनताका सवाल नठाउने, विकास निर्माणको काम गर्न नसक्नेहरु जनताका प्रतिनिधि हुन नसक्ने उनले बताए ।
एमाले नेता कार्यकर्ताहरुलाई नेता पण्डितले अहिले निर्वाचनमा जित हार मूल्यांकन गर्ने समय नभएको बताए । उनले आफ्नो निर्वाचन क्षेत्रमा केन्द्रीत भएर काम गर्न निर्देशन दिँदै भने,‘ झापा ५ मा के भईरहेको छ ? कञ्चनपुरमा के भईरहेको छ ? भन्ने होइन आफ्नो क्षेत्रमा जिम्मेवार भएर लाग्नुहोस् ।’ निर्वाचनका समयमा असन्तुष्टी बोकेर गन्तव्यमा नपुगिने नेता पण्डितले बताए । अहिले एक ढिक्का भएमात्रै एमाले विरुद्ध लागेका देशी विदेशी तत्वहरुलाई परास्त गर्न सकिने नेता पण्डितको भनाई छ । एमाले सक्न लागेकाहरुलाई निर्वाचन जितेर सवैलाई सक्ने काममा लाग्नुपर्नेमा उनको जोड छ ।
बुद्धिजीविहरुले बोल्न समयमा बोल्ने भन्दै निम्छरो भएर नबस्न उनको आग्रह छ । बोल्ने काममा अग्रणी भूमिका खेल्न नेता पण्डितको आग्रह छ ।