AArya
RUMPUM
animated ellipse animated ellipse

पत्रकार महासंघ मोरङको आयोजनामा ‘भिआईए’ स्क्रिनिङ तथा क्यान्सर सचेतना कार्यक्रम

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२० माघ २०८२, मंगलवार १८:३३
54
Shares
विराटनगर / विश्व क्यान्सर दिवसको अवसरमा नेपाल पत्रकार महासंघ मोरङले आज महिला पत्रकारहरुका लागि स्वास्थ्य शिविर तथा क्यान्सर सचेतना कार्यक्रम गरेको छ ।

विराट मेडिकल कलेज टिचिङ अस्पताल बुढीगंगा, मोरङसँगको सहकार्यमा आयोजित कार्यक्रममा १८ जना महिला पत्रकारहरुले सेवा लिएका छन् । ‘भिआईए’ स्क्रिनिङ तथा स्तन परीक्षणका क्रममा समस्या देखिएकाहरुको विराट मेडिकल कलेजमा थप उपचार हुने पत्रकार महासंघ मोरङ अध्यक्ष सुशीला पाठकले बताइन्। उनले पत्रकारको स्वास्थ्य परीक्षण नियमित हुनेगरिको व्यवस्था महासंघले मिलाउने बताइन् ।

स्वास्थ्य शिविरमा विराट मेडिकल कलेज टिचिङ अस्पताल बरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. अस्मिता रायमाझी, डा.बबिता साहलगायतको टोलीले सेवा दिएका थिए । स्वास्थ्य शिविरसँगै क्यान्सर सचेतना कार्यक्रम पनि सम्पन्न भएको छ ।

कार्यक्रमको सहजीकरण बरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. अस्मिता रायमाझीले गरिन् । उनले महिलामा पाठेघर भन्दा स्तन क्यान्सरका विरामीको संख्या बढ्दो रहेको बताइन्। महिला र पुरुषहरुमा मुख, नाक, घाँटी, बालबालिकामा ब्लड र १८–२० वर्ष उमेर समूहका व्यक्तिहरुमा हड्डीको क्यान्सर बढी हुने गरेको देखिएको उनले बताइन् । पुरुषमा पनि स्तन क्यान्सरका विरामी देखिन थालेको उनले बताइन्
। नियमित स्वास्थ्य परीक्षण गर्ने र शुरुमै रोग पहिचान भए उपचार संभव हुने डा. रायमाझीले बताइन्।

क्यान्सर सचेतना कार्यक्रमा नेपाल पत्रकार महासंघ कोशी प्रदेशका उपाध्यक्ष कुमोद अधिकारी, महासचिव हिमा चेम्जुङ, विराट मेडिकल कलेजका अपिल राई, लिना थापालगायतले नियमित स्वास्थ्य परीक्षण गर्न आग्रह गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर