खबर पूर्वाञ्चल
दिल्ली पब्लििक स्कुलको मैदानमा भएको पहिलो खेलमा ग्रिनल्याण्ड कलेजले मोडर्न एरा कलेजलाई ४७–१७ को सेटलले पराजित गरेको छ । खेलको प्लेयर अफ द म्याच ग्रिनल्याण्डका धर्मचन्द्र मेहता घोषित भए ।
दोस्रो खेलमा अर्किड कलेजले विराट कलेजलाई ३७ ३४ को सेटलले पराजित गरेको छ ।
तेस्रो खेलमा कान्तिपुर कलेजले अरनिको कलेजलाई २६–२४ को सेटलले पराजित गरेको छ । खेलको प्लेयर अफ द म्याच कान्तिपुरका कपिल मण्डल घोषित भए ।
चौथो खेलमा शिक्षादिप कलेज र रेडस्टार कलेजविच हुनु पर्ने खेलमा रेडस्टार मैदानमा नआएपछि शिक्षादिप वाकओभरमा विजयी भएको छ ।