खबर पूर्वाञ्चल
आलमलाई एमालेले मोरङ क्षेत्र नं. ५ का लागि सम्भावित प्रतिनिधि सभा सदस्यको उम्मेदवारका लागि नाम सिफारिस गरेको छ ।
आलमले आफ्नो जीवन स्वार्थरहित समाजसेवामा समर्पित गरेका छन् । उनी भन्छन् ‘ म आजीवन समाजसेवी हुँ । उनले भदौ २३ र २४ को जेनजी आन्दोलनमा सहावत प्राप्त गर्ने सहिदलाई हार्दिक श्रद्धाञ्जली दिँदै घाईतेको शिध्र स्वास्थ्य लाभको कामना गरे । उनले एमालेलाई सशक्त बनाउँदै देशलाई आत्मनिर्भर बनाउने बाटोबाट आफू कहिले नडगमगाउने प्रण गरे ।
आलम आफूलाई एमालेको पूर्णकालिन कार्यकर्ताको रुपमा चिनाउन मन पराउँछन् । वि.सं. २०५२ सालदेखि एमालेको आरोह अवरोहको साक्षी रहेका आलम एमालेको उध्योग महासंघको पनि केन्द्रीय सदस्य हुन् । टिकट पाएर चुनाव जितेमा काठमाण्डौमा कम र आफ्नो क्षेत्रकै जनताकोबिचमा रहेर जनताको सुखदुःखमा सहभागी हुने बताए ।