खबर पूर्वाञ्चल
शुन्यबाट शुरू गरेर नगरपालिकाले बीउ बैंक स्थापना गरेको हो । चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवस तथा प्रथम कन्दमुल प्रदर्शनी कार्यक्रमको अवसरमा बैंकको नगरप्रमुख सुरेन्द्रकुमार उदास र उपप्रमुख प्रमिला राईले शुभारम्भ गरेको हो ।
एक वर्ष अघि षडानन्द नगरपालिकाले आयोजना गरेको कृषि बीउ प्रदर्शनीबाट बीउ बैंक स्थापनाको अवधारणा शुरू भएको नगरप्रमुख सुन्दासले बताए। उनले पराम्परागत कृषि प्रणाली, कृषकको ज्ञान र स्थानीय श्रोत साधनप्रतिको सम्मानको प्रतिविम्ब रहेको बताए।
नगरपालिकाले बीउ बैंक स्थापनाका लागि कार्यविधि तयार गरि राजपत्रमा प्रकाशित गरेको थियो । रैथाने जातको बीउ संरक्षण आवश्यक रहेको उनले बताए। रैथाने जात लोप हुँदै गएकाले बीउ संरक्षणका लागि नगरपालिकाले अग्रसरता लिएको बताए। उनले कृषकलाई व्यावसायीकरण गर्न बीउ बैंकले सहयोग पुग्ने आशा व्यक्त गरे।
नगरले सुन्तला, अलैंची लगायतका बालिको उत्पादन बढाउन प्रबर्द्धन गरिरहेको उनले बताए । किसानबाट बीउ खरिद गरेर अवस्यक पर्नेलाई वितरण गरिने प्रमुख उदासले बताए ।
षडानन्दमा बीउ बैंक स्थापनाको परिकल्पनाकार कृषि विज्ञ सामुदायिक बीउ बैंका सल्लाहकार पीताम्बर श्रेष्ठले षडानन्द बीउ बैंकमा अहिले २७ बालिका ११५ जात रैथाने लोपन्मुख बीउहरू रहेको जानकारी दिए । उनले बीउहरू नगरको रातो कितावमा विस्तृत विवरण सहित अभिलेखिकरण राखिने बताए । उनका अनुसार बीउ वैकमा स्थानीय कृषकले माग गर्ने र कृषि शाखाले उपलब्ध गराउने छ ।
षडानन्द नगरपालिकाले पहिलो पटक नेपालमै कार्यविधि तयार गरि बीउ बैक स्थापना गरेको बताए। षडानन्द पछि अहिले देशका विभिन्न स्थानीय तहहरूले बीउ बैकको कार्यविधि तयारी शुरू गरेको श्रेष्ठले बताए।

सम्मानित हुनेहरूमा सामुदायिक बीउ विज्ञ पिताम्बर श्रेष्ठ, षडानन्द नगरपालिकाका कृषि प्राविधिक अम्बिका राई, प्रदिप भण्डारी र दिपिका राई , पत्रकारहरू मुलुकी खवरका सम्पादक किशोर बुढाथोकी, नेपाल पत्रकार महासँघ मोरङका सचिव नेत्र पी अधिकारी र पत्रकार मोहन तामाङ रहेका छन् । उनीहरूलाई नगर उपप्रमुख प्रमिला राईलगायतले सम्मानित गरे।