AArya
RUMPUM
animated ellipse animated ellipse

ज्येष्ठ नागरिकको योगदान र उनीहरूको अनुभवलाई विकाससँग जोड्नु पर्छ ः मेयर कोइराला

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१५ पुष २०८२, मंगलवार १३:११
72
Shares
विराटनगर /विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले समाजमा ज्येष्ठ नागरिकको योगदान र उनीहरूको अनुभवलाई विकाससँग जोड्नु आवश्यक रहेको औंल्याएका छन् ।

ज्येष्ठ नागरिक कार्यसमिति विराटनगर–६ को तेस्रो साधारण सभालाई प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै मेयर कोइरालाले ज्येष्ठ नागरिकको ज्ञान, अनुभव र सीपलाई समाजको विकाससँग आवश्यक रहेको औैंल्याएका हुन् ।

‘ज्येष्ठ नागरिक केवल उमेरले अग्रज मात्र होइनन्, उनीहरू हाम्रो समाजका जीवित इतिहास, संस्कारका संरक्षक र अनुभवका विद्यालय हुन् । कठिन संघर्ष र समर्पणले सिँचित जीवन यात्राले हामीलाई कर्म, अनुशासन र धैर्यताको अमूल्य पाठ सिकाएको छ । आजको समाजको आधार नै उनीहरूको मिहिनेत र त्याग हो,’ मेयर कोइरालाले थपे, ‘ज्येष्ठ नागरिकको ज्ञान र सुझबुझ केवल विगतको सम्झना होइन, वर्तमानको मार्गदर्शक र भविष्यको बलियो आधार पनिहो। यदि हामी उनीहरूको अनुभवलाई आत्मसात् गर्न सक्यौं भने समाजअझ समावेशी, न्यायपूर्ण र सुदृढ बन्नेछ।’

कार्यक्रममा मेयर कोइरालाले समाजमा बढ्दो एकल परिवार र भौतिकता मूलक प्रवृत्तिले ज्येष्ठ नागरिकलाई एक्लोपन र उपेक्षामा पारिरहेको अवस्था पनि औँल्याए। ‘यो हाम्रो सामाजिक कमजोरी हो, जसलाई सुधार्न हामी सबै जिम्मेवार छौं,’ उनले भने,‘विराटनगर महानगरपालिका ज्येष्ठ नागरिकको सम्मान, सुरक्षा र सहयोगलाई उच्च प्राथमिकतामा राख्दै अगाडि बढिरहेको छ ।’

मेयर कोइरालाले महानगरपालिकाले ज्येष्ठ नागरिक मैत्रीनीति र कार्यक्रम विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘ज्येष्ठ नागरिकलाई बोझहोइन, प्रेरणाका स्रोतका रूपमा सम्मानगर्ने संस्कार विकासको साँचो आधार हो। घर–परिवार, समाज र राज्य—तीनै तहबाट उनीप्रति संवेदनशीलता बढाउनु जरूरी छ,’ उनले भने ।

सो अवसरमाज्येष्ठ नागरिकको भवनका लागि जग्गा खरिद गर्न आर्थिक सहयोग गर्ने व्यक्तिहरुलाई सम्मानसमेत गरिएको थियो । समितिका अध्यक्ष अमरबहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा विराटनगर वडा नम्बर ६ काअध्यक्ष हरिश्चन सहनी (अक्षेय), ज्येष्ठ नागरिक महानगर समितिका अध्यक्ष सुरेशकुमार श्रेष्ठ, समाजसेवी राम ढकाल, बद्री बस्नेत, आयोजक संस्थाका कोषाध्यक्ष रामदेव पण्डितलगायतले शुभकामना मन्त व्यव्यक्त गरेका थिए । साधारणसभाले आर्थिक र सांगठानिक प्रतिवेदनसमेत पारित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर