राष्ट्रपति रनिङ शिल्डमा ६ स्वर्णसहति आदर्श स्कुल शिर्ष स्थानमा
खबर पूर्वाञ्चल
१० पुष २०८२, बिहीबार १६:५६
54
Shares
विराटनगर/ विराटनगरस्थित शहीद रंगशालामा जारी विराटनगर महानगरपालिका स्तरीय १८ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ को दोस्रो दिनसम्म आर्दश माध्यमिक विद्यालयले ६ स्वर्ण, ६ रजत र २ कास्य पदक गरि पहिलो स्थानमा उक्लिएको छ ।
विराटनगर महानगरपालिकाको आयोजना र एभरेष्ट माविको संयोजनमा जारी प्रतियोगिताको अन्तर गत एभरेष्टले ५ स्वर्ण, २ रजत र ६ कास्य गरि दोस्रो स्थानमा रहेको छ । त्यस्तै सगरमाथाले ३ स्वर्ण, २ रजत र १ कास्य गरि तेस्रो स्थानमा रहेको छ ।
आज छात्रहरूको ३ हजार दौडमा सत्यनारायणका चन्दन साहले स्वर्ण जित्दा मिल्स मावीका चन्दन सहनी रजत र जनता मावीका कृष्ण अधिकारी कास्य पदक हात पारे भने छात्रातर्फ आदर्शकी अर्चना राजवंशीले स्वर्ण, जनताकी बविता रानाले रजत र सत्यनारायणकी आँचल मण्डलले कास्य पदक हात पारेकी छिन् ।
त्यस्तै हाइजम्प छात्रतर्फ पोखरीयाका हरिबहादुर परियारले स्वर्ण, सत्यनारायणका प्रियान्सु साहले स्वर्ण र जनताका राहुल यादवले कास्य पदक हात पार्दा भने साही इभेन्ट्स छात्रातर्फ सेन्ट मेरीकी उर्जा भट्टराईले स्वर्ण, आदर्शकी अन्जिला भट्टराईले रजत र मदरटेरिसाकी पुजा यादवले कास्य पदक हात पारिन् ।
त्सैसैगरि ८ सय मिटर दौड छात्रातर्फ जनताकी भुमिका राजवंशीले स्वर्ण, आदर्शकी निसा मण्डलले रजत र पोखरीयाकी पावैपती कामतले कास्य पदक हात पारेकी छिन् ।
पुस ९ देखि ११ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विराटनगर महानगरपालिकामा अवस्थित ६५ वटा विद्यालयका १ हजार ५ सय २५ जना विद्यार्थीको सहभागिता रहने छ भने प्रतियोगितामा छात्र को ६६ र छात्राको ६६ गरेर १३२ वटा पदकका लागि भलिबल, कबड्डी, तेक्वान्दो, उसु, मार्सल आर्टलगायत ट्रयाक र फिल्ड खेलहरूमा प्रतिस्पर्धा हुनेछ ।