AArya
RUMPUM
animated ellipse animated ellipse

कांग्रेस नेता डा. कोइरालाले दिए निर्देशन संसदीय निर्वाचनका लागि तयार रहन

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

५ पुष २०८२, शनिबार १८:२३
3
Shares
विराटनगर / आगामी फागुन २१ गते हुने संसदीय निर्वाचनका लागि तयार रहन कार्यकर्ताहरुलार्य नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आज निर्देशन दिएका छन् ।

नेपाली कांग्रेस विराटनगर महानगरपालिका –६ को वडा कार्यालय उद्घाटन गर्दै उनले सरकारले आम निर्वाचन मिति तय गरिसकेको चुनावी माहोल बनाएर अगाडि बढ्न कार्यकर्तालाई आग्रह गरे । डा. कोइरालाले कांग्रेसको महाधिवेशन र संसदीय निर्वाचनलाई सँगसँगै लिएर अगाडि बढ्ने बताए । उनले नेकांको क्रियाशील सदस्यता वितरणमा युवा, महिला र अल्पसंख्यलाई प्राथमिकतामा राख्न आग्रह गरे ।

डा कोइरालाले सरकारले निर्वाचनलाई सभ्य, सुरक्षित , निश्पक्ष भय रहित वातावारणमा सम्पन्न गर्न सुरक्षाको वातावरण निर्माण गर्नुपर्ने सुझाव दिए । उनले सरकारले जघन्य अपराध गरेर फरार रहेका कैदी पक्राउ र लुटिएका हातहतिर वरामद गर्नु गर्नुपर्नेमा जोड । नेता डा कोइरालाले सरकारले नेकपा नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई काठमाडौं छोडेर बाहिर नजान भनेकोमा दुःख व्यक्त्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर