खबर पूर्वाञ्चल
प्लेअफअन्तर्गत अंकतालिकामा शीर्ष दुईमा रहेर सुदूरपश्चिम र विराटनगर पहिलो क्वालिफायरको आमनेसामने हुने भएका हुन् । खेल अपरान्ह ४ बजेदेखि त्रिवि क्रिकेट रंगशालामा सुरु हुनेछ । यी दुई टिम लिग चरणमा भिड्दा सुदूरपश्चिमको अपराजित यात्रामा विराटनगरले ब्रेक लगाएको थियो । लिग चरणमा सुदूरपश्चिमले प्रस्तुत गरेको १४८ रनको लक्ष्य विराटनगरले ११ दशमलव ५ बलमै चार विकेटमात्र गुमाएर भेट्टाएको थियो । ६ खेल जितेर अन्तिम खेलमा पराजित भएको सुदूरपश्चिम अंकतालिकामा १२ अंकका साथ शीर्षस्थानमा रहेको थियो भने विराटनगरले ५ खेल जितेर १० अंकका साथ दोस्रो स्थानमा रहेको थियो ।
गत संस्करणको उपविजेता समेत रहेको सुदूरपश्चिम रोयल्स लगातार दोस्रोपटक प्लेअफमा पुग्न सफल भएको थियो भने विराटनगर पहिलोपटक प्लेअफमा पुगेको हो ।
आजको खेलमा जित निकाल्ने टिमले फाइनलमा स्थान पक्का गर्नेछ । हार्ने टिमले भने बुधबार हुने इलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायरमा प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको इलिमिनेटरमा काठमाण्डू गोर्खाज र लुम्बिनी लायन्सले प्रतिस्पर्धा गर्ने तालिका छ ।
गत संस्करण पनि अंकतालिकामा सबैभन्दा शीर्षस्थानमा रहेर प्लेअफ खेलेको सुदूरपश्चिम रोयल्सले यस संस्करण पनि टेबल टपरका रूपमा प्लेअफ खेल्दै छ । सुदूरपश्चिमले सुरुवाती ६ खेलमा लगातार जित निकालेर शीर्षस्थानमै आसीन रहने पक्का गरेको थियो ।
लिग चरणको अन्तिम खेलमा भने सुदूर विराटनगर किङ्ससँग पराजित भयो । विराटनगर भने त्यही जितको मद्दतले दोस्रो स्थानमा फिनिस गरेर पहिलो क्वालिफायरमा स्थान बनाएको हो ।
अब पहिलो क्वालिफायरमा सुदूरले फेरि विराटनगरसँगै खेल्दै छ । विजेता टोलीले ३ दिनको आराम पाएर सिधै फाइनल खेल्नेछ । दुवै टोली जितको खोजीमा हुनेछन् ।
हेड टु हेड
एनपीएलको पहिलो र दोस्रो संस्करणमा गरेर यी दुई टोली २ पटक मात्र भिडेका छन् । पहिलो संस्करणमा सुदूरपश्चिमले एकपक्षीय जित निकालेको थियो भने दोस्रो संस्करणमा विराटनगरले सोही किसिमको नतिजा निकाल्यो ।
पहिलो संस्करणमा सुदूरपश्चिमले विराटनगरमाथि ९० रनको शानदार जित हासिल गरेको थियो । १८३ रनको लक्ष्य पछ्याएको विराटनगर ९२ रनमा अलआउट भएको थियो ।
यस संस्करण भने यी दुई टोलीले आ(आफ्नो अन्तिम खेलमा एकअर्काको सामना गरेका थिए । दुवै टोली प्लेअफमा पुगिसकेको अनि सुदूर पहिलो हुने पक्का भइसकेको अवस्थामा विराटनगरलाई भने ठूलो अन्तरको जित आवश्यक थियो । सुदूरले दिएको १४८ रनको लक्ष्य विराटनगरले १२ ओभरभित्रै पूरा गरेको थियो ।
सम्भावित ११
सुदूरपश्चिम रोयल्स स् विनोद भण्डारी, मुख्तार अहमद, शेल्डन ज्याकसनरपुनीत मेहरा, इशान पाण्डे, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, हर्मीत सिंह, स्कट कुग्लेइन, अविनाश बोहरा, हेमन्त धामीरहिक्मत महरा, दिपक बोहरा
विराटनगर किङ्स स् फाफ डुप्लेसी, साम हिजलेट, मार्टिन गप्टिल, बसिर अहमद, लोकेश बम, नारायण जोशी, नरेन भट्ट, मर्चेन्ट डे लाङ, सन्दीप लामिछाने, प्रतिश जीसी, सुवास भण्डारी