AArya
RUMPUM
animated ellipse animated ellipse

११ करोडको लागतमा बनेको प्राइम अस्पतालले आजदेखि शुरु गर्यो सेवा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१४ मंसिर २०८२, आईतवार १८:३२
342
Shares
विराटनगर / विराटनगर ९ अस्पताल चौक पुरानो गोल्डेन अस्पताल रहेको भवनमा अध्याधुकि सुविधासहित प्राइम अस्पतालले आजदेखि औपचारिक शुरुवात गरेको छ ।

स्वास्थ्य क्षेत्रमा २८ वर्षको अनुभव बोकेका युवा उद्यमी सनातन मण्डलले सबै रोगको उपचार सेवा प्रदान गर्ने गरी ११ करोड रुपैयाँको लागतमा २५ वेडको अस्पताल सञ्चालनमा आजदेखि एक कार्यक्रमका विच उद्घाटन गरिएको छ ।

अस्पतालमा सनातन मण्डल, डा. रमेश चौरसिया, डा. रंजिव यादव, डा. अजय महतो, डा. मनिष अग्रवाल र डा. टेकनारायण यादवको लगानी रहेको छ । डा. रमेश चौरसिया अस्पताल सञ्चालक समितिका अध्यक्ष रहेका छन् । अस्पतालबाट आइतबारदेखि एक साथ १५ जना दक्ष विशेषज्ञ डाक्टरहरूले सेवा सुरु गरेका छन् ।अस्पतालका सञ्चालक सनातन मण्डलले विराटनगर महानगरपालिकाको वडा नं. ७ स्थित अस्पताल चौकमा अस्पताल सञ्चालनमा ल्याउन ११ करोड रुपैयाँ खर्च भएको बताए । अस्पतालमा उपचार सेवा लिन आउने बिरामीलाई विशेषता युक्त गुणस्तरीय सेवा मार्फत उपचार गरिने सञ्चालक मण्डलले बताए ।

अस्पतालको नजिक ४ कठ्ठा क्षेत्रफलको जग्गामा ३ वटा बेग्लाबेग्लै पार्किङ स्थल निर्माण गरिएकोले अस्पतालमा उपचार सेवा लिन आउनेलाई पार्किङको समस्या नहुने सञ्चालक मण्डलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर