खबर पूर्वाञ्चल
सहकारीका अध्यक्ष मोहनप्रसाद भट्टराईको अध्यक्षता तथा समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका सदस्य जीवन काफ्लेको प्रमुख आतिथ्यतामा भएको साधारण सभामा अध्यक्ष भट्टराईले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
प्रस्तुत प्रतिवेदन अनुसार सहकारीको शेयर पूँजी २ करोड ५० लाख ०६ हजार एक सय रुपैँया रहेको छ भने बचत ९ करोड ६० लाख ९१ हजार ३७६ रुपैँया ७५ पैसा रहेको छ । सहकारीले १० करोड ०८ लाख ४५ हजार ५७६ रुपैँया ऋण लगानी गरेको छ ।
सहकारीमा १९ सय ९२ जना शेयर सदस्य रहेका छन् । जसमा पुरुष सदस्य ९ सय ४७ जना रहेका छन् भने महिला सदस्य एक हजार ४५ जना रहेका छन् ।
सहकारीले आर्थिक बर्ष २०८१/०८२ मा २८ करोड ९८ लाख ०२ हजार ६३९ रुपैँया ५३ पैसा कारोबार गरेको सहकारीले आर्थिक बर्ष २०८२/०८३ मा ३१ करोड ६९ लाख २४ हजार ४३० रुपैया ९० पैसाको कारोबार गरेको जनाएको छ ।
आर्थिक बर्ष २०८३/०८४ मा ३३ करोड ५४ लाख ६२ हजार ५१९ रुपैया ५९ पैसा कारोबार गर्ने लक्ष्य राखेको छ ।
सहकारीले आर्थिक बर्ष २०८१/०८२ मा १ करोड ७१ लाख १२ हजार ८७९ रुपैँया ३३ पैसा आम्दानी गरेको सहकारीले आर्थिक बर्ष २०८२/०८३ मा २ करोड ०३ लाख ८२ हजार १३८ रुपैँया ७८ पैसा आम्दानी गरेको प्रतिवेदनमा उल्लेख छ ।
साधारण सभाको अवसरमा असल बचतकर्ता गोविन्दबहादुर श्रेष्ठ, विमलाकुमारी बाँनीया र असल ऋणी प्रेम घिमिरे र हेमाकुमारी राजवंशी लाई सम्मान गरिएको थियो ।
सम्मानित सदस्यहरुलाई प्रमाणपत्र र नगद ३ हजार प्रदान गरिएको थियो । त्यसैगरी शेयर सदस्यका सन्तती मध्ये प्लस टु तर्फ उत्कृष्ट अंक ल्याउने भरोषा दाहाललाई प्रसंसापत्र सहित नगद पुरस्कार प्रदान गरिएको सहकारीका लेखापाल प्रकाश सापकोटाले जानकारी दिए ।
सहकारीको अध्यक्षमा पोखरेल
श्रृष्टि साकोसको ४ बर्षे कार्यकालको लागि निवास पोखरेल सर्वसम्मत निर्वाचित भएका छन् । साधारण सभाले ११ सदस्य सञ्चालक समिति र तीन सदस्यीय लेखा सुपरिवेक्षण समिति सर्वसम्मत निर्वाचित गरेको हो ।
सञ्चालक समितिको उपाध्यक्षमा डम्बर बहादुर कार्की र सचिवमा लिलानाथ गौतम निर्वाचित भएका छन् भने सदस्यहरुमा केदार कार्की, सावित्री देवी काफ्ले, बसन्तराम चौधरी, उपेन्द्रबहादुर बस्नेत, शुसिला खवास, लक्ष्मी नारायण भगत, बद्रिप्रसाद पोखरेल र देवी प्रसाद काफ्ले निर्वाचित भएका छन् ।
सहकारीको लेखा सुपरिवेक्षण समितिको संयोजकमा अच्युत भट्टराई निर्वाचित भएका छन् भने सदस्यमा रामकृष्ण नेपाल र कृष्ण कुमारी थापा निर्वाचित भएका छन् ।