खबर पूर्वाञ्चल

विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले शैक्षिक गुणस्तर सुधारका लागि भइरहेका प्रयत्नको विषयमा अभिभावकलाई जानकारी गराए । उनले विराटनगरमै रहेर विश्वस्तरीय शिक्षा दिन चालिएका कदमको विषयमा जानकारी गराउँदै अभिभावकहरुले पनि सोहि अनुसारको भूमिका निर्वाह गरिदिन आग्रह समेत गरे। अभिभावकहरूका सुझावलाई आत्मसाथ गर्दै उनले युग सापेक्ष शिक्षण सिकाईको पथमा एभरेष्ट रहेको बताए। प्रिन्सिपल पुरीले भने,‘हाम्रा विद्यार्थीहरु शिक्षित मात्र नभई असल नागरिक बनून् भन्ने चाहन्छौं ।’
कार्यक्रममा एभरेष्टका भाइस प्रिन्सिपल टी एन भण्डारीले विद्यालयको संरचनागत विषय, अवलम्बन गरिएका सिस्टमहरू र विश्वस्तरीय शिक्षाका लागि विभिन्न निकायहरुसँग गरिएका सहकार्यहरूको विषयमा अवगत गराए। अन्तरक्रियात्मक ढङ्गबाट चलेको कक्षामा अभिभावकहरुले आफूहरुले गर्दै आएका कतिपय व्यवहार असल प्यारेन्टिङ भित्र नपर्ने महशुष भएको उनले बताए। बालबालिकाहरुले पढ्न अल्छी मान्ने, ग्याजेटहरुमा बढ्दो सक्रियतालाई कसरी न्यूनिकरण गराउने लगायतका विषयमा जिज्ञासा राखे।
कार्यक्रममा सहभागि अभिभावक गोकर्ण सेढाईंले सामान्य रुपमा गरेका कमिकमजोरी पहिल्याउन, सानो हेलचेक्र्याईले पार्ने असर बारे बुझ्न तथा असल अभिभावकत्व कस्तो हुने रहेछ भन्ने बुझ्न पाएको बताए।
एभरेष्टले हरेक वर्ष यसैगरि आफ्ना विद्यार्थी, शिक्षक कर्मचारी र अभिभावकहरुलाई उत्प्रेरक कक्षाहरु सञ्चालन गर्दै आएको छ । यस्ता कार्यक्रमहरूले मानव जीवनलाई प्रत्यक्ष प्रभाव पार्ने र उर्जा प्रदान गर्ने विद्यालयको विश्वास छ । यसैगरि अत्याधुनिक भौतिक पूर्वाधारमा सञ्चालित एभरेष्टले विश्वस्तरीय शिक्षा दिनको लागि भन्दै विभिन्न निकायहरूसँगको सहकार्यमा बालबालिकाहरुको अन्तर्राष्ट्रिय फोरमहरुमा समेत उपस्थिति बढाउँदै लगेको छ ।