AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

विराटनगरको सिघिया खोलामा बेपत्ता युवकको शव फेला

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१७ कार्तिक २०८२, सोमबार १२:५१
189
Shares
विराटनगर / विराटनगर–१४ विष्णुटोल नजिक सिघिया खोलामा एक पुरुषको शव फेला परेको छ।

शनिबारदेखि हराइरहेका ३० वर्षीय श्रवणकुमार मण्डलको शव आज विहान खोलामा भेटिएको प्रहरीले जनाएको छ। मण्डल सिघिया खोलामा हराएको भन्दै परिवारले खोजी गरिरहेको थियो।

घटनास्थलमा मोरङ जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय रानीको टोली पुगेको छ । घटनाको अनुसन्धान सुरु गरेको मोरङ प्रहरीकी प्रवक्ता डीएसपी कोपिला चुडालले जानकारी दिइन्।

पक्राउ परेका प्रमाण तथा घटनास्थलको प्रारम्भिक अनुसन्धानपछि शवलाई पोस्टमार्टमका लागि विराटनगरस्थित कोशी अस्पताल ल्याइएको प्रहरीले जनाएको छ।

प्रहरीले घटनाको कारणबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर