खबर पूर्वाञ्चल
विराट टिचिङ हस्पिटलमा उपचार भइरहेको ढकाललाई आज दिउँसो हस्पिटलमा पुगेर मन्त्री खनालले भटेको हुन् ।
उपचारमा समस्या भएको भन्दै सामाजिक सञ्जालमा फैलिएको हल्ला असत्य भएको बिरामीका बुबा महेश ढकालले बताए ।
सान्तनुका बुबाका अनुसार छोराको निःशुल्क उपचार विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा भइरहेको छ । उपचार, शल्यक्रिया तथा औषधिसमेत पूर्णरुपमा हस्पिटलले निःशुल्क उपलब्ध गराएको छ। त्यस्तै उनले सान्तनुको नाममा कसैले पनि आर्थिक संकलन नगर्न आग्रह गरेका छन्।
सामाजिक सञ्जालमा घाउ–चोटका तस्बिर पोष्ट भइरहेको विषयमा पनि उनले आपत्ति जनाएका छन्। “त्यस्ता तस्बिर देख्दा परिवारलाई भावनात्मक चोट पुग्छ, त्यसैले यस्तो नगर्न सबैलाई अनुरोध गर्दछु,” बिरामीका बुबाले भने।