AArya
RUMPUM
animated ellipse animated ellipse

सात वर्षका फाइल जलेर नष्ट, कोशी प्रदेशले वैकल्पिक व्यवस्थापनबाट काम सुरु

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३० भाद्र २०८२, सोमबार २१:०६
279
Shares
विराटनगर । कोशी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले भग्नावशेषबाटै सेवा काम थालेको छ ।

भदौ २४ गते भएको आन्दोलनका क्रममा जलेर भग्नावशेष कार्यालय भवनबाट मुख्यमन्त्री कार्यालयले काम थालेको हो ।

कार्यालय पूर्ण रूपमा जलेर नष्ट भएपछि चालकहरू बस्ने भवनबाट सेवा प्रवाह थालेको हो । चालकहरू बस्ने भवनबाट एउटा ल्यापटप र प्रिन्टर राखेर सेवा सुरु भएको प्रमुख सचिव चन्द्रकला पौडेलले बताइन् ।

पौडेलले मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयलगायत अधिकांश मन्त्रालयहरू पूर्ण रूपमा ध्वस्त भएपछि कोशी प्रदेश सरकारले वैकल्पिक व्यवस्थापनबाट सेवा प्रवाह सुरु गर्ने तयारी गरेको बताइन् । उनले कार्यालयमै आएर आवश्यक कामको निर्देशन दिएकी छन् ।

उनले मुख्यमन्त्री कार्यालय परिसरमा बनेको नयाँ सभा हल भवनबाट काम अघि बढाउने तयारी रहेको बताइन् । सो भवनमा भने फर्निचर लगायतका समान नहालेका कारण आक्रमणकारीबाट जोगिएको छ ।

उनले भनिन् मुख्यमन्त्री कार्यालय पूर्ण रूपमा ध्वस्त भएको छ, तर हामी सेवा प्रवाहलाई निरन्तरता दिन कटिबद्ध छौँ, । पौडेलले सफाइको काम भइरहेको सभा हल भवनको तल्लो र माथिल्लो तलामा बसेर मन्त्रिपरिषद् बैठक र अत्यावश्यक सेवाहरू प्रदान गरिने बताइन् ।

जेनजी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडका कारण भौतिक संरचना मात्र नभएर ऐतिहासिक र प्रशासनिक दस्ताबेजमा पनि अपूरणीय क्षति पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर