खबर पूर्वाञ्चल
पर्साको वीरगञ्ज घर भएका सशस्त्र प्रहरी हवल्दार ३६ वर्षीय मनिष गिरी पक्राउ परेका हुन् । उनलाई सशस्त्र प्रहरीले नै नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान एवं कारबाहीका लागि मंगलबार राति नेपाल प्रहरीको जिम्मा लगाएको हो ।
गिरीले प्लाष्टिकमा लुकाइछिपाइ राखेको अवस्थामा ओछ्यानको सिरानीमुनि ३० मिलिग्राम ब्राउन सुगर (खैरो हेरोइन) बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ । गिरीविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउन बुधबार अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले बताइन् ।
गिरीमाथि इलाका प्रहरी कार्यालय सिजुवाले थप अनुसन्धान गरिरहेको छ । सुरक्षा निकायमै कार्यरत व्यक्ति लागुऔषधसहित पक्राउ पर्नु गम्भीर विषय भएको भन्दै डीएसपी चुँडालले गिरी लागुऔषधका कारोबारी हुन् कि सेवनकर्ता भन्ने बारेमा अनुसन्धानपछि मात्रै यकिन हुने बताइन् ।