पूर्वाञ्चल खबर
नेपाल प्रेस इन्ष्टिच्युटका अध्यक्ष तथा न्युज २४ का प्रधानसम्पादक कोइरालालाई कोशराज रेग्मी राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गर्ने महासंघले निर्णय गरेको हो ।
पुरस्कारको राशी २५ हजार रहेको छ । सो पुरस्कार आगामी भदौ ७ गते मोतिराम जयन्तीका अवसरमा वितरण गरिने पत्रकार महासंघ मोरङले जनाएको छ । यसअघि सो पुरस्कारबाट नेपाल पत्रकार महासंघका अध्यक्षहरु हरिहर विरही, विष्णु निष्ठुरी र धर्मेन्द्र झा पुरस्कृत भईसकेका छन् ।
नेपाल पत्रकार महासंघ मोरङले कोशराज रेग्मी राष्ट्रिय पत्रकारिता पुरस्कार र पीताम्वर–खिलेश्वरी पत्रकारिता पुरस्कार हरेक २–२ वर्षमा प्रदान गर्दै आएको छ ।