AArya
RUMPUM
animated ellipse animated ellipse

संयुक्त राष्ट्रसंघको भूमिका झनै बढेर गएको छ : मन्त्री राई

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२१ श्रावण २०८२, बुधबार १८:५८
9
Shares
विराटनगर / कोशी प्रदेश सरकारका सामाजिक विकासमन्त्री पाँचकर्ण राईले संयुक्त राष्ट्रसंघको भूमिका झनै बढेर गएको बताएका छन्।

कुनै बेला विश्व युद्ध ताका भएको अवस्था भन्दा अमेरिकी राज्यको एकल आधिपत्य भएको बेलाको अवस्था फरक रहेको चर्चा गर्दै उनले अहिले शक्ति राष्ट्रहरुबिचको प्रतिष्पर्धा भएको अवस्थामा संयुक्त राष्ट्रसंघको भूमिका थप बढेर गएको बताए।

मन्त्री राईले विश्वभरका राष्ट्रहरुलाई मित्रवत अवस्थामा राख्दै सबैबिच सहकार्यको भूमिका निर्वाह गराउन संयुक्त राष्ट्रसंघको भूमिका महत्वपूर्ण हुने बताए। उनले संयुक्त राष्ट्रसंघको महासभामा विश्वलाई केन्द्रित भएर साझा समस्याको विषयमा छलफल गरि समाधानको उपाय खोजिने समेत चर्चा गरे।

आज विराटनगर–५ स्थित एभरेष्ट स्कुलमा संयुक्त राष्ट्रसंघको महासभाको नमुना अभ्यास कार्यक्रमको उद्घाटन गर्दै उनले नेपालको कोशी प्रदेशका युवा विद्यार्थीले उठान गर्ने विषय र दिने सुझावले विश्वको ध्यान खिचोस भन्ने शुभकामना समेत दिए ।

मन्त्री राईले अहिले भइरहेको शक्ति राष्ट्रहरु बिचको प्रतिष्पर्धा, दुई शक्ति राष्ट्रबिचको नेपालको अवस्था, जलवायु परिवर्तन, मानव अधिकारका क्षेत्रका सवालमा यस अभ्यासमा घनिभूत छलफल गरि सांकेतिक रुपमा नै भएपनि महत्वपूर्ण सुझाव दिन सकोस् भन्ने कामना समेत दिए।

यो सँगै विराटनगरको एभरेष्ट बोर्डिङ स्कुलमा आज देखि संयुक्त राष्ट्रसंघको महासभाको तीन दिने नमूना अभ्यास शुरु भएको छ । यस्तै उद्घाटन समारोहको अध्यक्षता गरेका विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले एभरेष्ट स्कुलले पहिलो पटक आयोजना गरेको नमूना संयुक्त राष्ट्रसंघ सभाले विद्यार्थीहरुको क्षमता अभिवृद्धि गरि अन्तर्राष्ट्रिय स्तरका ज्वलन्त समस्याहरुको पहिचान र समाधानका लागि विकल्पहरु खोज्न सिकाउने, विद्यार्थीहरुको नेतृत्व र व्यक्तित्व विकास गराउने तथा अन्तर्राष्ट्रिय नीति, कुटनीति, सम्बन्ध, नियमहरुका विषयमा जानकार बनाउने लगायतका उद्देश्य रहेको बताए ।

कार्यक्रममा कक्षा ८ देखि १२ सम्मका २ सय बढी विद्यार्थी सहभागि छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर