AArya
RUMPUM
animated ellipse animated ellipse

कोशी प्रदेशमा गत वर्षभन्दा ६ प्रतिशतले धान रोपाईमा कमी

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१८ श्रावण २०८२, आईतवार १७:१९
72
Shares
विराटनगर / कोशी प्रदेशमा यस वर्ष साउन १८ गतेसम्ममा ८९.०३ प्रतिशत धान रोपाई सम्पन्न भएको छ ।

प्रदेश सरकारको उद्योग, कृषि तथा सहकारी मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत वर्षको सोही अवधिको तुलनामा यो वर्ष धान रोपाई करिब ६ प्रतिशतले पछाडि परेको हो । गत वर्ष यसै अवधिमा ९५.०१ प्रतिशत धान रोपाई सम्पन्न भएको थियो ।

प्रदेशको कुल धान खेती हुने २ लाख ७६ हजार ३८६ हेक्टर क्षेत्रफलमध्ये हालसम्म २ लाख ४६ हजार ६५ हेक्टरमा रोपाई सकिएको छ । झापा, मोरङ र सुनसरी जिल्ला समावेश तराई क्षेत्रमा औसत ९१.७६ प्रतिशत रोपाई भएको छ ।

त्यसैगरी, मध्य पहाडी जिल्लाहरूमा ८४.२२ प्रतिशत र उच्च पहाडी जिल्लाहरूमा ७.।९४ प्रतिशत रोपाई भएको मन्त्रालयले जनाएको छ । जिल्लागत तथ्याङ्क हेर्दा ओखलढुङ्गा जिल्लामा शतप्रतिशत धान रोपाई सम्पन्न भएको छ । यस्तै सुनसरीमा ९५ प्रतिशत, मोरङमा ९२ प्रतिशत र झापामा ८९.४७ प्रतिशत धान रोपाई भएको छ ।

सबैभन्दा कम रोपाई भने तेह्रथुम जिल्लामा भएको छ । उक्त जिल्लामा ६६ प्रतिशत मात्र रोपाई सकिएको छ । त्यसैगरी ताप्लेजुङमा ७३.२९ प्रतिशत, भोजपुरमा ८० प्रतिशत र पाँचथरमा ८२ प्रतिशत रोपाई भएको तथ्याङ्कले देखाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर