AArya
RUMPUM
animated ellipse animated ellipse

राजनीति गर्ने व्यक्तिमा नैतिकता हुनु आवश्यक छ : डा कोइराला

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१४ श्रावण २०८२, बुधबार १७:५७
117
Shares
विराटनगर / नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले वर्तमान गठबन्धन सरकार विस २०८४ सम्म निरन्तर रहने बताएका छन् ।
आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उन सो कुरा बताएका हुन् । डा कोइरालाले सरकारले भ्रष्टाचार नियन्त्रण, सुशासनको प्रत्याभूति जनतालाई अनुभूति गर्ने गरि काम गर्नुपर्ने बताए ।
नेकां केन्द्रीय सदस्य डा कोइरालाले राजनीति गर्ने व्यक्तिले विभिन्न दलका नेताहरुसँग भेटघाट गर्नु सामान्य प्रकिया भए अनुसार पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालसँग आफ्नो छलफल भएको बताए । उनले भने ,‘राजनीति गर्ने व्यक्तिमा नैतिकता हुनु जरुरी हुन्छ अन्यथा राजनीति धराप पर्छ ।’
डा. कोइरालाले नेपालको संविधानले पूर्व राष्ट्रपति र पूर्व उपराष्ट्रपतिलाई पुनः राजनीतिमा आउन नरोक्ने बताउँदै तर आफ्नो विचारमा राजनीतिमा नफर्केको राम्रो हुने बताए । गठबन्धन सरकार निर्माणको क्रममा भएको सात बुँदे सहमती कार्यान्वयन गर्नुपर्नेमा उनले जोड दिए ।
नेता डा कोइरालाले नेकांमा अहिले संसदीय दलको नेता परिवर्तन हुने कुनै सम्भावना नरहेको बताए । उनले  नेकांको महाधिवेशन तोकिएको समय हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर