खबर पूर्वाञ्चल
ट्राफिक नियमको अवज्ञाका कारण १६ करोड २९ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन भएको ट्राफिक प्रहरीको तथ्यांक छ।
ट्राफिक प्रहरीले १४ वटै जिल्लामा चेकजाँच, निगरानी र प्रविधि प्रयोगमार्फत सवारी अनुशासन कायम गर्न प्रयास गरिरहे पनि लापरबाहीपूर्ण सवारीका कारण दुर्घटनाको दर बढ्दो छ। सो अवधिमा कोशीमा ४१८ जनाको मृत्यु, ७११ गम्भीर र ८ हजारभन्दा बढी सामान्य घाइते भएका छन्।
मादक पदार्थ सेवन गरेर सवारी चलाउने, हेलमेटको फिता नबाँध्ने, लाइसेन्सबिनाका चालक, सिट क्षमताभन्दा बढी यात्रु बोक्नेजस्ता कारण प्रमुख उल्लंघनका रूपमा देखिएका छन्।
प्रदेशभर ९३२ स्थानमा सिसिटीभी, विभिन्न ठाउँमा NPR क्यामेरा, टाइम कार्ड, राडारगन र ई-चालान प्रणालीको प्रयोग भइरहेको छ। एक वर्षमा २६ हजार बढी सचेतनामूलक कार्यक्रमबाट ६ लाखभन्दा बढी व्यक्ति लाभान्वित भए पनि नियम उल्लंघन रोकिएको छैन।
प्रहरी प्रमुख डीआईजी ईश्वर कार्कीले “नियम उल्लंघन होइन, जीवन रक्षाको बाटो समाउने” आग्रह गरेका छन्।