AArya
RUMPUM
animated ellipse animated ellipse

“धनपालथान गाउँपालिकाका धार्मिक तथा शैक्षिक संस्थाहरूको अध्ययन” पुस्तकको विमोचन

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

७ श्रावण २०८२, बुधबार १९:२१
171
Shares
विराटनगर / मोरङ जिल्लाको धनपालथान गाउँपालिकाले आफ्नो इतिहास बारे तयार पारेको पुस्तक सार्वजनिक गरेको छ ।

“धनपालथान गाउँपालिकाका धार्मिक तथा शैक्षिक संस्थाहरूको अध्ययन” पुस्तकको धनपालथान गाउँपालिकाका अध्यक्ष जिवछप्रसाद गच्छदार, उपाध्यक्ष नसिमा वानो र प्रमुख प्रशासकीय अधिकृत रिता खतिवडाले आज विमोचन गरेका छन् ।

वरिष्ठ पत्रकार यज्ञप्रसाद शर्माले पुस्तकको सम्पादन गरेका हुन् । पत्रकारहरु श्याम सुन्दर सुतिहार, पदम सरदार र उषा मण्डल पुस्तक सम्पादन मण्डलमा सदस्य रहेका थिए । वरिष्ठ पत्रकार यज्ञप्रसाद शर्माको संयोजकमा वरिष्ठ अधिवक्ता प्राडा रामलाल सुतिहार र पत्रकार उत्पादन गर्ने संस्था क्षेत्रीय सञ्चार श्रोत केन्द्र विराटनगरका संयोजक विरेन्द्र शर्मा पुस्तक प्रकाशनका लागि गठन गरिएको विज्ञ टोलीका सदस्य रहेका थिए ।

धनपालथान गाउँपालिकामा ७ वटा वडा कार्यालय रहेका छन् । र ती वडामा रहेका धार्मिक मठमन्दिर, मस्जिद र शिक्षण संस्थाको बारेमा अध्ययन गरेर तयार पारिएको पुस्तक सार्वजनिक गरिएको हो ।

धनपालथान पालिकाका अध्यक्ष जीवछप्रसाद गच्छदारले पुस्तको विमोचन गर्दै यस क्षेत्रमा वसोवास गर्ने नागरिकको जीवनस्तर उकास्न, शिक्षा, स्वास्थ्य क्षेत्रमा उनीहरुको सहज पुहुँच पु¥याउन पुस्तक उपयोग भएको बताए ।

पालिकाकी उपाध्यक्ष नसिमा वानो ,प्रमुख प्रशासकीय अधिकृत रीता खतिवडा,पुस्तक प्रकाशन समितिका सदस्यहरु यज्ञ शर्मा, रामलाल सुतिहार, नेपाल पत्रकार महासंघ मोरङका उपाध्यक्ष कुमोद अधिकारी, मोरङ अध्यक्ष सुशिला पाठक,नेपाल प्रेस युनियनका प्रदेश अध्यक्ष मीनकुमार नवदित,प्रेस चौतारी नेपालका मोरङ अध्यक्ष चीन थापा, पुस्तक प्रकाशन समितिका श्यामलाल सुतिहार, उषा सरदार लगायतले धनपाल राजा एवं थानको महत्वको चर्चा गर्दै यस पालिकामा कुनै पनि शुभ कार्य गर्दा ग्रामथानमा गई आशिर्वाद लिनाले शुख शान्ति एवं समृद्धि हुने विश्वास रहेको चर्चा गरे ।

धनपालथान गाउँपालिकाले पुस्तक प्रकाशन शीर्षकमा ४ लाख ८३ हजार रुपैयाँ खर्च भएको गाउँपालिकाका अध्यक्ष जिवछप्रसाद गच्छदारले बताए । प्रकाश इन्भेष्टमेन्ट प्रालि विराटनगरले ५ सय प्रति पुस्तक प्रकाशन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर