खबर पूर्वाञ्चल
महानगर कमिटीको आज बसेको प्रथम सचिवालय बैठकले सो निर्णय गरेको हो ।
महानगर कमिटीको दोस्रो पूर्ण बैठकको निर्णय बमोजिम श्रावण १७ गते एमाले विराटनगरको १९ वटै वडा कमिटीको तेस्रो वडा अधिवेशन एकै दिन सम्पन्न गर्ने निर्णय गरेको महानगर कमिटी सचिव विज्ञान शर्माले जानकारी दिए।
तेस्रो वडा अधिवेशन सम्पन्न गर्न वरिष्ठ अधिवक्ता गुणेशराज लुइँटेलको नेतृत्वमा अधिवक्ता डिल्लीराम घिमिरे, अधिवक्ता विश्वराम भट्टराई, अधिवक्ता महेश खड्का र महानगर कमिटी निर्वाचन समिति संयोजक अधिवक्ता विष्णुकुमारी तामाङ सदस्य रहने गरी पाँच सदस्यीय निर्वाचन समिति गठन गरिएको उनले बताए।
१९ वटै वडा कमिटीबाट सिफारिस भए बमोजिम हरेक वडामा तीन सदस्यीय वडा निर्वाचन समिति गठन गरिएको छ ।
बैठकले वार्षिक कार्यतालिका २०८२ को कार्यान्वयनको सन्दर्भमा ४७ औँ पुष्पलाल स्मृति दिवसको अवसरमा विराटनगर पुष्पलाल चोकमा आज साँझ ६ः३० बजे दीप प्रज्वलन कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको सचिव शर्माले बताए। उनका अनुशार वार्षिक कार्ययोजना अनुसार नै साउन मसान्तभित्र जनप्रतिनिधिहरूले हालसम्म गरेको कामको प्रगति प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ ।
साउन ३१ गते निर्वाचित वडा पदाधिकारीलाई अभिमुखकरण गर्ने र पार्टी स्कुल सञ्चालन गर्ने निर्णय गरेको सचिव शर्माले बताए।
बैठकले विराटनगरमा बर्षायाममा हुने डुबान नियन्त्रणको लागि दीर्घकालीन, मध्यकालीन र तत्कालिन योजना निर्माण गरि कार्यनवयन गर्न विराटनगर महानगरपालिकालाई ध्यानाकर्षण गराउने निर्णय पनि गरेको छ ।
बैठकमा महानगर कमिटी अध्यक्ष बलराम गिरी, एमाले जिल्ला कमिटी मोरङ उपाध्यक्ष सागर थापा, जिल्ला कमिटी सचिव सोमराज थापाको उपस्थिति रहेको थियो ।