AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

सुनसरी र झापाका दुई स्थानको खोलामा डुबेर तीन बालकको मृत्यु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२२ असार २०८२, आईतवार १८:१७
45
Shares
विराटनगर /सुनसरी र झापाका दुई स्थानको खोलामा डुबेर तीन बालकको ज्यान गएको छ। असार २१ गते पौडी खेल्ने क्रममा उनीहरूको मृत्यु भएको हो।

सुनसरीको इटहरी उपमहानगरपालिका–१६ जब्दीस्थित मुरा खोलामा पौडी खेल्ने क्रममा इटहरी–१६ का ९ वर्षीय युनिस खत्री र इटहरी–५ का ११ वर्षीय हेम बहादुर परियार डुबेका थिए। जानकारी पाएपछि इलाका प्रहरी कार्यालय पकलीबाट गएको टोलीले दुवै बालकलाई उद्दार गरी सान्बी सिटी अस्पताल इटहरी पुर्‍याएको थियो। तर चिकित्सकले उनीहरूलाई मृत घोषित गरेका थिए।

यसैगरी झापाको भद्रपुर नगरपालिका–२ का अर्जुन लिम्बुको १३ वर्षीय छोरा अर्पण लिम्बु भद्रपुर–३ स्थित मेची खोलाको दोभानमा साथीहरूसँग पौडी खेल्ने क्रममा डुबेका थिए। प्रहरी चौकी किच्चकबधबाट गएको टोलीले खोजतलास गर्दै जाँदा अर्पणलाई मृत अवस्थामा फेला पारेको हो। प्रहरीका अनुसार बर्खायाममा खोलामा पानीको बहाव र गहिराइ बढ्ने भएकाले अभिभावक र बालबालिकालाई सजग रहन अनुरोध गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर