AArya
RUMPUM
animated ellipse animated ellipse

केही नभएको ठाउँमा २ सय शैयाको अस्पताल खोल्नु ठूलो उपलब्धि हो : प्रधानमन्त्री ओली

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२४ जेष्ठ २०८२, शनिबार १७:५२
315
Shares
विराटनगर / नेकपा एमालेका केन्द्रीय अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले समाज परिवर्तनका लागि ठूला सपना देख्नुपर्ने र ती सपना व्यवहारमा उतार्न सकिने बताएका छन् ।

मोरङको कटहरी–२ स्थित जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेसन फाउण्डेशनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘केही नभएको ठाउँमा दुई सय शैयाको अस्पताल खोल्नु ठूलो उपलब्धि हो। सम्मान पूर्वक ढंगले गरिबले उपचार पाउने छन्, त्यसर्थ म अत्यन्त खुशी छु।’

प्रधानमन्त्री ओलीले तीन सय शैय्यामा विस्तार गरी अस्पताललाई भविष्यमा मेडिकल कलेजमा रूपान्तरण गर्ने योजना रहेको उल्लेख गर्दै भने, ‘तीन सय बेड पुर्‍याएपछि मेडिकल कलेज पनि पुर्‍याउन सकिन्छ। सरकारले तपाईंहरूलाई प्रोत्साहन र आत्मविश्वास बढाउन जे आवश्यक सहयोग हो, गर्न तत्पर छ।’

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा सदस्य तथा अस्पतालका अध्यक्ष योगेन्द्र मण्डलको प्रशंसा गर्दै भने, ‘आज धेरैलाई सम्मान गर्नुपर्ने थियो, तर छुट भयो। म स्पष्ट भन्न चाहन्छु, आज सम्मान योगेन्द्र मण्डललाई दिनुपर्ने हो। त्यो सम्मान अर्को दिन दिनुपर्छ।’

प्रधानमन्त्रीले उद्यमशीलता केवल कुरा गरेर नभई काम गरेर देखाउन सकिने धारणा व्यक्त गरे । ‘उद्यमशीलताको कुरा गरेर हुँदैन, कामले हुन्छ,’ भन्दै उनले यस अस्पतालमार्फत समाजमा परिवर्तन ल्याउने अभियानको खुलेर प्रशंसा गरे ।
उक्त अस्पताल सामाजिक व्यवसायको भावनामा आधारित भएर पूर्वी नेपालका गरिब र सीमान्तकृत समुदायलाई गुणस्तरीय तथा पहुँचयोग्य स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्यका साथ स्थापना गरिएको हो।

प्रधानमन्त्री ओलीलाई अस्पताल परिसरमा आयोजित कार्यक्रममा योगेन्द्र मण्डलसहित स्थानीय अगुवा, जनप्रतिनिधि र समुदायले स्वागत गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर