विराटनगर/ कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सङ्घीय लोकतान्त्रिक गणतन्त्र शासन प्रणाली वैज्ञानिक सिद्धान्त आधारमा उत्कृष्ट व्यवस्था भएको बताएका छन् ।
प्रदेश सरकारद्वारा गणतन्त्र दिवस–२०८२ को उपलक्ष्यमा आज विराटनगरमा आयोजित पत्रकार सम्मान तथा निवन्ध प्रतियोगिताका उत्कृष्ट प्रतियोगिहरुलाई पुरस्कार वितरण गर्दै मुख्यमन्त्री कार्कीले सो कुरा बताएका हुन् । उनले यो विश्वको उत्कृष्ट शासन प्राणली हो जसको कमी कमजोरी,टिका टिप्पणी र आलोचना गर्न पाइने र यसका राम्रा पक्षहरु धेरै रहेको बताए ।
मुख्यमन्त्री कार्कीले लोकतान्त्रिक शासन प्रणालीलाई स्थापित र सदुढ गर्ने कार्यमा आफु जिवन भर लाग्ने प्रतिवद्धता व्यक्त्त गरे । उनले अनिर्वाचित शासन प्रणाली वा जन्मसिद्ध शासन प्रणालीको समाजमा कुनै आधार नभएको चर्चा गर्दै कुनै एक व्यक्तिको शासन व्यवस्था स्थापित गर्नका लागि जनतामा भ्रम छर्ने कार्य नगर्न सवैलाई आग्रह समेत गरे ।
आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले हल्ला र भ्रम फैलाएर लोकतन्त्र कमजोर नभएर अझ सशक्त सुदृढ एवं बलियो हुने विश्वास व्यक्त्त गरे । उनले सन्तुली,व्यवसायिक र सिद्धन्तनिष्ठ पत्रकारिता गणतन्त्रको लागि अपरिहार्य भएको चर्चा गरे ।
प्रदेशकी प्रमुख सचिव चन्द्रकला पौडेल, आन्तरिक मामिला तथा तथा कानुन मन्त्रालयका सचिव रामप्रसाद आचार्य, नेपाल पत्रकार महासंघ कोशीका सभापति भरत खडका, मोरङ अध्यक्ष सुशिला पाठक,सम्मानित पत्रद्वय चिन्तामणि दाहाल र योशोदा सेने र विजयी विद्यार्थी दीना घिमिरेले विश्वका धेरै मुलुकले प्रयोगमा ल्याएको लोकतान्त्रि गणतन्त्र शासन प्रणालीको विकल्प तानाशाही व्यवस्था हुन नसक्ने बताए ।