AArya
RUMPUM
animated ellipse animated ellipse

प्रेस चौतारी नेपालको केन्द्रीय अध्यक्ष गणेश पाण्डे निर्वाचित

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

११ चैत्र २०८१, सोमबार २२:५२
234
Shares
विराटनगर / प्रेस चौतारी नेपालको केन्द्रीय अध्यक्ष गणेश पाण्डे चयन भएका छन् । विराटनगर सम्पन्न भएको १० औं महाधिवेशनमा अध्यक्षको दाबेदार राजेश राईले दाबी छाडेपछि पाण्डे सर्वसम्मत अध्यक्ष चयन भएका हुन् ।

केन्द्रीय कमिटीको उपाध्यक्ष चेतन अधिकारी र कृपा भण्डारी चयन भए । महासचिव हिरामान लामा नै दोहोरिए । निवर्तमान अध्यक्ष गणेश बस्नेतले केन्द्रीय समिति सर्वसम्मत घोषणा गरे ।

त्यस्तै उपमहासचिवमा हरिवल्लभ नेपाल, सचिवहरूमा नरेश भण्डारी, प्रदिप अर्याल, विष्णु पारूके र विक्रम लुइटेल निर्वाचित घोषित भएको निर्वाचन समिति सदस्य तथा निवर्तमान अध्यक्ष बस्नेतले बताए ।

९९ सदस्यीय कार्यसमितमध्ये १७ सदस्य र निर्वाचन आयोग बाँकी राखेर ८२ सदस्यका साथै लेखा समिति अध्यक्षमा अर्जुन श्रेष्ठ, नीति आयोगको अध्यक्षमा दिपेन्द्र श्रेष्ठ र अनुशासन आयोगको अध्यक्षमा समिर मलामीसमेत सम्पूर्ण पदाधिकारी तथा सदस्य निर्विरोध निर्वाचित घोषित भएको उनले बताए ।

चौतारीको सम्पूर्ण कार्यसमिति सदस्यको निर्वाचन प्रक्रिया बीचमा नै रोकेर निर्विरोध निर्वाचित घोषणा गरिएको हो । निर्वाचन समितिले सर्वसम्मत रुपमा नेतृत्व चयन गर्ने निर्वाचन कार्यतालिका सार्वजनिक गरेर सुरू गरेको निर्वाचन प्रक्रिया बीचमा नै रोकेर निर्विरोध निर्वाचित गरेको छ ।

निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिकामा उम्मेदवारको अन्तिम नामावली सोमबार ४ः२० बजे र त्यसको १० मिनेटपछि ४ः३० बजे निर्वाचनको अन्तिम परिणाम घोषणा गर्ने उल्लेख थियो । तर त्यो प्रक्रिया प्रधानमन्त्री ओलीको दवावले बीचमा नै रोकिएको महाधिवेशन प्रतिनिधिहरूको भनाइ छ ।

प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रेस चौतारीको अध्यक्षमा गणेश पाण्डेलगायत सम्पूर्ण कार्यसमिति निर्विरोध निर्वाचित गराउन दिएको निर्देशन अनुसार नेताहरुले चौतारीको कार्यसमिति निर्विरोध गराएको हो ।

अध्यक्षका अर्का दावेदार निवर्तमान उपाध्यक्ष राजेश राईको प्यानलले निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन गर्न माग गर्दै आएका थिए । तर उनले चुनावी प्रक्रियाबाट नेतृत्व चयनको माग गरेपछि अत्यन्तै दवाव आएको र निर्वाचनमा आफू जित्दा समग्र पार्टी र पार्टी अध्यक्ष केपी शर्मा ओली हार्ने भएपछि आफूपछि हट्न बाध्य भएको गुनासो पोखेका हुन् । उनले प्रेस चौतारीको २२ वर्षे यात्रा टुङ्ग्याएको समेत घोषणा गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर