AArya
RUMPUM
animated ellipse animated ellipse

विराट गोल्डकपको सेमिफाइनल समिकरण पुरा, चर्च ब्वाइज सेमिफाइलनमा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२४ फाल्गुन २०८१, शनिबार २१:४०
342
Shares
नेपाल पत्रकार महासँघ मोरङकी अध्यक्ष शुसिला पाठक प्लेयर अफ म्याच ब्वाइजका गोल रक्षक टेकेन्द्रसिंह थापालाई वितरण गर्दै । तस्वीर : पुष्पराज थपलिया
विराटनगर / चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी ९ औं संस्करणको रमपम विराट गोल्डकपमा सेमिफाइलनमा पुगेसँगै गोल्ड कपको सेमिफाइनल समिकरण पुरा भएको छ ।

विराटनगरको सहिद रंगशालामा अहिले अन्तिम क्वाटरफाइनलमा चर्च ब्वाइजले एनआरटीलाई २–० गोलको अन्तरले पराजित गर्दै सेमिफाइनल पुगेसँगै सेमिफाक्ष्नल समिकरण पुरा भएको होे ।

चर्च ब्वाइजले एक महिना अगाडी धरानमा सम्पन्न भएको २५ औं संस्करणको बुढासुब्बा गोल्डकपको फाइनलमा हारेको बदला पनि विराट गोल्डकपमा आएर लिएको छ । बुढासुब्बा गोल्डकपको फाइनलमा चर्च ब्वाइज युनाइटेडलाई २–१ गोलले पराजित गर्दै एनआरटीले उपाधि उचालेको थियो ।

एनआरटी र चर्च ब्वाइज युनाइटेडको यो सिजनको मोफसलमा भएको फुटबल प्रतियोगितामा चौथो पटकको भेट हो । जसमध्ये दुई एनआरटी र दुई चर्च ब्वाइजले जितेको छ । पछिल्लो भेट उनीहरुको २५ औं संस्करणको बुढासुब्बा गोल्डकपको फाइलनमा भएको थियो ।

यसअघि नेपाल पुलिस, थ्रीस्टार र विभागीय टिम त्रिभूवन आर्मी सेमिफाइनलमा पुगिसकेका छन् ।

चर्च ब्वाइजको जितसँगै अब फाइनल प्रवेशको लागि सोमबार नेपाल पुलिससँग प्रतिस्पर्धा गर्नेछ ।

चर्च ब्वाइजको जितको लागि विदेशी खेलाडी रिचर्ड र आकाश राईले गोल गरेका थिए । खेलको ३५ औं मिनेटमा चर्च ब्वाइजले अग्रता लिएको थियो । लाक्पा पाख्रिनको पासमा रिचर्डले चलाखीपूर्ण ढंगले पोस्टको दिशा दिएका थिए । चर्च ब्वाइजका लागि दोस्रो गोल ६४ औं मिनेटमा अतिरिक्त खेलाडी आकाशले गरे । आकाशले एनआरटीका गोलकिपर रुजन होनाले पञ्च गरेको बललाई जाली चुमाएका थिए । चन्दन दासको ठाउँमा आकाश ४९ औ मिनेटमा मैदान प्रवेश गरेका थिए ।

प्रतिस्पर्धात्मक खेलमा एनआरटीको कमजोर रक्षापंक्तिको फाइदा उठाउँदै पहिलोे हाफमा १–० गोलले पछि पर्यो । पहिलो हाफमा एक गोलले पछि परेपछि दोस्रो हाफमा एनआरटी आक्रमक भएर मैदान प्रवेश गर्यो । दोस्रो हाफमा एनआरटीले पाएका केही अवसरलाई चर्च ब्वाइजका रक्षापंक्तिका खेलाडीले विफल तुल्याइदिए । चर्च ब्वाइजको बलियो रक्षापंक्ति तोड्न नसक्दा एनआरटी पहिलो खेलबाटै घर फर्किन बाध्य भयो । एनआरटीले पाएको गोल गर्ने सुन्दर अवसर गोलमा परिणत गर्न नसक्दा बराबारीमा ल्याउने अवर पनि खेर गयो ।

एनआरटीले पहिलो हाफमा बनाएको केही अवसर गुमाएको थियो । खेलको १४ औँ मिनेटमा डिबक्स भित्रबाट एनआरटीका राजिव लोप्चनले गरेको कडा प्रहार चर्च ब्वाइजका गोल रक्षक टेकेन्द्र सिंह थापाले उत्कृष्ट बचाए । २४ औं मिनेटमा एनआरटीका विदेशी खेलाडी अर्मनले गरेको प्रहार चर्च ब्वाइजका गोल रक्षक टेकेन्द्र बाधक बनिदिए । ३३ औ मिनेटमा फोदेले वान भर्सेस वानको सुन्दर गोल गर्ने अवसर खेर फाले । उनको प्रहार बार माथिबाट बाहिरियो ।

४० औ मिनेटमा चर्च ब्वाइजका विदेशी खेलाडी आबयोमि डिबक्स भित्रबाट गरेको कडा प्रहार पोसमाथिबाट बाहिरियो ।
एनआरटी फिनिसिङमा चुकेको थियो । यही कारणले टोली पहिलो खेलबाट बाहिरन बाध्य भयो ।

प्रतियोगिताको प्लेयर अफ द म्याच चर्च ब्वाइजका गोल रक्षक टेकेन्द्रसिंह थापा घोषित भए । उनले नगद ११ हजार पाए ।
आइतबारको पहिलो सेमिफाइनल खेल विभागीय टिम त्रिभूवन आर्मी र थ्रीस्टार बिच हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर