खबर पूर्वाञ्चल
‘जनतासँग माओवादी तराई–मधेश जागरण अभियान’अन्तर्गत आज मोरङको रतुवामाई नगरपालिकामा आयोजित जनसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् । कसैको दया–मायाबाट नभई संघर्षको बलमा जनताका अधिकार प्राप्त भएको भन्दै उनले त्यसमा आँखा नलगाउन चेतावनी समेत दिए । अन्य दलसँग संघर्षभन्दा बढी समन्वय गर्दा पार्टी र आफ्ना एजेन्डा कमजोर भएको उल्लेख गर्दै उनले कांग्रेससँग मिल्दा कांग्रेस र एमालेसँग मिल्दा एमाले बलियो हुने तर माओवादी सधैं कमजोर हुने अवस्था अब आउन नदिने बताए ।
प्रधानमन्त्रीको जिम्मेवारीमा रहँदा आफूले सुरु गरेका मध्यपहाडी लोकमार्ग, मदन भन्डारी मार्ग, उत्तर दक्षिण कोरिडोर लगायतका आयोजना पूरा हुने चरणमा हुनु खुशीको कुरा भएको अध्यक्ष प्रचण्डको भनाइ थियो । आफूले सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा लिएको पहलबाट डराएर भ्रष्ट, दलाल र बिचौलियाहरूले कांग्रेस र एमालेका नेतालाई आफ्नै घरमा बोलाएर अलोकतान्त्रिक, अप्राकृतिक र अपारदर्शी ढङ्गले अहिलेको सरकार बनेको स्पष्ट गरे ।