AArya
RUMPUM
animated ellipse animated ellipse

विराट बहिरा माविमा विद्यार्थीद्धारा तालाबन्दी

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

६ फाल्गुन २०८१, मंगलवार १८:५२
234
Shares
विराटनगर / विराट बहिरा माविमा अध्ययनरत विद्यार्थीहरुले विभिन्न माग राखेर आज तालाबन्दी गरेका छन् ।

कक्षा ५ देखि १० सम्म अध्ययनरत एक सय विद्यार्थीले सामुहिक हस्ताक्षर गरि प्रधानाध्यापक मिनु अधिकारीको कार्यकक्षमा तालाबन्दी गरिएको विद्यार्थीहरुले बताएका छन् । विद्यार्थीहरुले सवै शिक्षकहरुले सांकेतिक भाषा माध्यमबाट पढाउने र सिकाउने वातावरण अनिवार्य गर्नु पर्ने, विद्यालयमा सांकेतिक भाषामा पठन–पाठन भएरनभएको दैनिक अनुगमन गर्नुपर्ने, आवास, खाना र खाजा गुणस्तरिय हुनुपर्ने, विद्यालय कक्षा अनुसार शिक्षक, शैक्षिक सामग्री, खेलकुदका सामग्रीहरु व्यवस्था गर्नुपर्ने, सिभिल इन्जिनियर हस्तान्तरण गरिएको जनपथ माविमा कक्षा १२ का विद्यार्थीलाई आउने–जाने यातायात सुविधा हुनुपर्ने, विद्यालय हिँडेर जाँदा दुर्घटना हुने जोखिम भएकाले तत्काल यातायातको व्यवस्था गर्नुपर्ने माग गरिएको कक्षा १२ का विद्यार्थी डेडराज राईले जानकारी दिए ।

विद्यार्थीले विभिन्न माग राखेर तालाबन्दी भएको र माग संवोधनका लागि छलफल भईरहेको विद्यालयले जनाएको छ । सहायक प्रधानाध्यापक रमा रिजालले भनिन्,‘ आन्तरिक समस्या हो, चाँडै समाधान गर्छाैं ।’ विद्यार्थीहरुले माग पुरा नभएसम्म ताला नखोल्ने अडान लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर