खबर पूर्वाञ्चल
आज उनीहरुले विराटनगरको ट्राफिक चोकमा भेला भएर विरोध प्रर्दशन गरेका हुन् ।
विरोध प्रर्दशनले सरकारी प्रस्तावित विधेयकको विवादास्पद प्रावधानहरूमाथि सार्वजनिक ध्यानाकर्षण गराउने लक्ष्य राखेको छ। प्रस्तावित विधेयकले नागरिकहरूको सूचना र अभिव्यक्ति स्वतन्त्रतामा गम्भीर प्रतिबन्ध लगाउने खतरा रहेको भन्दै आलोचना भइरहेको छ। विधेयकले सामाजिक सञ्जालमा नागरिकहरूको डिजिटल अधिकार र निजता संरक्षणलाई गम्भीर रूपमा कमजोर बनाउने विज्ञहरुको चेतावनी छ ।
विरोध कार्यक्रममा ‘सुशासन, न्याय, सेवा प्रवाह र जनजीविका’ भन्ने मूल नाराका साथ विभिन्न सामाजिक संघसंस्थाहरू र नागरिक समाजका प्रतिनिधिहरू सहभागी रहेको छ । उनीहरुले मेरो बोलीमा ताला लगाउने कानुन चाहिदैन, बोल्न देउ सरकार, सरकार प्रविधि तिमीहरुको कुठपुतली होईनलगायतको प्लेकाट बोकेर विरोध प्रर्दशनीमा उत्रिएका थिए ।
विराटनगर नागरिक अभियानले विरोध कार्यक्रममार्फत सरकार र सम्बन्धित निकायहरूको ध्यानाकर्षण गराउने र विधेयकका विवादास्पद प्रावधानहरू खारेज गर्न दबाव दिने अपेक्षा गरेको विरोध प्रर्दशनीका संयोजक बसन्त अधिकारीले बताए ।