AArya
RUMPUM
animated ellipse animated ellipse

सलकपूरमा कानूनी परामर्श सम्बन्धी तालिम

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१७ माघ २०८१, बिहीबार १८:०७
153
Shares
ईलाम / ईलाम जिल्लाको रोङ गाउपालिका वडा नं ६ सलकपुरमा वडाका सहकारी संस्थाका सदस्य, स्थानिय महिला एवं मेलमिलापकर्ताका लागि लैङ्गिक हिंसा र सहकारी सम्बन्धी कानूनी परामर्श सम्बन्धी तालिम सम्पन्न भएको छ।

सहयोगी संस्था कारितास नेपालको आयोजनामा भएको तालिम आज सम्पन्न भएको हो । तालिमको सहजीकरण अधिवक्ता सानु कार्की बस्नेतले गरेकी थिइन् । लैङ्गिक हिंसा र कानुनी उपचार एवं सहकारी संस्थाको वर्तमानमा देखिएका समस्या र समाधानको उपाय सम्बन्धमा प्रशिक्षण भएको प्रशिक्षक कार्कीले बताइन्

प्रशिक्षण तालिममा रोङ गापा वडा नं ६ सलकपुर इलामका सहकारी महिला सदस्य लगायत वडाका महिला समाजसेवीसहित २५ जनाको सहभागीता रहेको थियो। कारितास नेपालले विगत १० बर्ष देखि इलाम र झापा जिल्लालाई कार्य कार्यक्षेत्र बनाई काम गर्दै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर