AArya
RUMPUM
animated ellipse animated ellipse

पत्रकार महासंघ कोशीको अध्यक्ष तीन जनाको उम्मेदवारी

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२५ मंसिर २०८१, मंगलवार ०८:०३
225
Shares
विराटनगर / नेपाल पत्रकार महासंघ कोशी प्रदेशको यही मंसिर २८ गते हुने निर्वाचनमा अध्यक्षमा तीन जनाको उम्मेदवारी परेको छ । सोमबार अध्यक्षमा तीन जनाले उम्मेदवारी दर्ता गरेका हुन् ।

अध्यक्षमा भरत खड्का, विवेक गौतम र सन्तवीर लामाले उम्मेदवारी दर्ता गराएका छन् । भरत सत्ता गठबन्धन नेपाली काँग्रेस निकट प्रेस यूनियन र नेकपा एमाले निकट प्रेस चौतरीको संयुक्त गठबन्धनको उम्मेदवार हुन् । गौतम प्रेस सेन्टर, समाजवादी प्रेस संगठनलगायत पत्रकार निकट संघको साझा उम्मेदवार हुन् । लामा नेपाल आदीबासी जनजाती पत्रकार महासंघ (फोनिज)को तर्फबाट उम्मेदवार भएका हुन् ।

विराटनगरस्थित महासंघको प्रदेश कार्यालयमा भएको मनोनयन दर्तामा ७ जनाको पदाधिकारीमा १८ जनाको उम्मेवारी परेको हो । त्यसैगरी १४ जना सदस्य पदको लागि २६ जनाको उम्मेदवारी रहेको छ ।

त्यसैगरी उपाध्यक्षमा कुमोद अधिकारी र शिवप्रसाद ढुङ्गनाले उम्मेदवारी दिएका छन् । उपाध्यक्ष महिलामा अम्बिका भण्डारी र रीता मोक्तानले उम्मेदवारी दिएकी छिन् । महासचिवमा अमृतकुमार बाँस्तोला, राजेन्द्रकुमार राई चाम्लिङ्ग र हिमाकुमारी चेम्जुङ्गको उम्मेदवारी परेको छ । सचिबमा धुव्र भट्टराई र बावुराम कार्की, सहसचिबमा समावेशीमा अरविन्दकुमार मेहता र गजेन्द्र राईको उम्मेदवारी परेको छ । त्यसैगरी कोषाध्यक्षमा किशोर बुढाथोकी, बावुराम भण्डारी, मोहन भट्टराई र सुदिप कोइरालाको उम्मेदवारी छ ।

त्यसैगरी पाँच जनाको खुल्ला सदस्यहरुमा इन्द्र गिरी, इश्वरकुमार मगर, चन्द्रबहादुर कार्की, चुडामणि तिम्सिना, पर्शुराम थापा, मनोजकुमार दाहाल, राजकुमार ओली, रामधन राई, विवेक रेग्मीको उम्मेदवारी परेको छ । त्यसैगरी तीन जना महिला सदस्यमा पाँच जनाको उम्मेदवारी परेको छ । जसमा अमृता विश्वकर्मा, जोश्ना श्रेष्ठ, बिनु चेम्जोङ्ग, बुद्धमाया सोङ्मी, रामजना अधिकारीको उम्मेदवारी रहेको छ । सदस्य दलितमा अनिता रसाइली र किशोर विश्वकर्माको उम्मेदवारी रहेको छ । आदिवासी जनजातिमा अनिलदेव राई, अर्जुन राई, दिनेश सुब्बा र लाक्पा जी शेर्पाको उम्मेवारी परेको छ । मधेशी सदस्यमा अविनाश कुमार निधि, आशिषकुमार यादव, चन्दन कुमार रौनियार, सत्यनारायण शर्माको उम्मेदवारी रहेको छ । अल्पसङ्ख्यक सदस्यमा लुकमान अन्सारी र विजय धिमालको उम्मेदवारी रहेको छ ।

कोशी प्रदेशमा १ हजार २ सय ३८ जना महासंघको सदस्य रहेको छ । उनीहरुले मतदान गरी पदाधिकारी र सदस्य निर्वाचित गर्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर