AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

मोरङको ग्रामथान गाउँपालिका हुने उपनिर्वाचनमा अध्यक्षकालागी माओवादीले गर्यो उम्मेदवार घोषणा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

५ कार्तिक २०८१, सोमबार १५:१०
99
Shares
विराटनगर / नेकपा (माओवादी केन्द्र) ले मोरङको ग्रामथान गाउँपालिका अध्यक्षको लागि मंसिर १६ गते हुने उपनिर्वाचनमा नमोनारायण माझीलाई उम्मेदवार बनाउने घोषणा गरेको छ।

ग्रामथान गाउँपालिकाको कार्यालय रहेको तेतरिया बजारमा सोमबार आयोजित कार्यक्रमबाट माझीलाई उम्मेदवार घोषणा गरिएको हो ।

माझी केही समय अगाडि नेपाली काङ्ग्रेस छोडेर माओवादी केन्द्रमा प्रवेश गरेका थिए । उनी ग्रामथान गाउँपालिकाको १ नम्बर वडामा २०७४ सालमा तत्कालीन मधेशी जनअधिकार फोरम लोकतान्त्रिकबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।

आगामी मंसिर १६ गते उपनिर्वाचन हुँदैछ । निर्वाचनका लागि काङ्ग्रेस, एमालेले भने उम्मेद्वारबारे निर्णय गरिसकेका छैनन् । २०७९ सालको पालिका निर्वाचनमा काङ्ग्रेसका जयप्रकाश गच्छदार विजयी भएका थिए । उनको हृदयघातका कारण मृत्युु भएपछि ग्रामथानमा उपनिर्वाचन हुन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर