खबर पूर्वाञ्चल
बाल दिवस भोली विदाको दिन परेकाले आज विभिन्न कार्यक्रम गरि दिवस मनाएको एभरेष्टका भाइस प्रिन्सिपल नारायण कडरियाले बताए। दिवसका अवसरमा मन्टेश्वरी तहमा केक काटेर विभिन्न पपेट सो हरू देखाएर मनोरञ्जन गराईयो । प्राथमिक तहका विद्यार्थीहरु ‘म्यूरल पेन्टिङ’ (भित्ते चित्रकला) ब्यस्त बने । उनीहरू स्वच्छन्द तवरले आआफ्नो ईच्छा अनुसारको चित्र बनाउँदै मक्ख देखिन्थे ।
यस्तै कक्षा–८ का विद्यार्थीहरुले बालदिवस सम्बन्धि विभिन्न कविताहरु वाचन गरे भने कक्षा ६ र ७ का विद्यार्थीहरु बिच वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरिएको थियो । प्रारम्भिक चरणबाट छनौट भएर गएका ३५ जना विद्यार्थीले प्रतियोगितामा भाग लिएका थिए । ३५ जना प्रतिष्पर्धिलाई उछिन्दै कक्षा ७ का आदित्य घिमिरे प्रथम हुनुभयो । यस्तै कक्षा ७ कै इशुका बस्नेत दित्तिय र कक्षा ६ का सम्पन्न मण्डल तृतीय हुनुभएको विद्यालयकी अतिरिक्त कृयाकलाप ईन्चार्ज सुधा डंगोलले जानकारी दिइन् । उनका अनुसार प्रतियोगिताको निर्णायक मण्डलमा विद्यालयका शिक्षकहरु प्रेम नेपाल, सरस्वती पराजुली र धिरज गुरागाँई रहरेका थिए।