खबर पूर्वाञ्चल
फुस्याट कलेजले दिएको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी एक हप्ता तालिमको आज समापन कार्यक्रममा सहभागिहरुले यस्तो बताएका हुन् । उनीहरुले फुस्याट कलेजलाई रिसर्चको गरेर वर्षमा दुई वटा जनरल बनाएर प्रविधिसँग जोडेर अगाडी बढनुपर्नेमा जोड दिए ।
पूर्वाञ्चल विश्वविद्यालय स्कुल अफ साईन्स एण्ड टेक्नोलोजी संकायका निर्देशक नरेशकुमार साहले शिक्षकहरुलाई सिर्चज बेस तालिम दिएर विद्यार्थीहरुलाई प्रविधसँग जोडेर अगाडी बढ्न सजिलो हुने बताए । रिसर्चमा आधारित पढार्इ विद्यार्थीहरुलाई दिएर शिक्षकहरुलाई दक्ष बनाउन लागि परेको उनले बताए । ‘प्रविधिले फड्को मारेपछि विद्यार्थीहरुलाई समय सापेक्ष शिक्षा प्रदान गर्नको लागि कलेजले शिक्षकहरुलाई प्रविधिसँग जोडेर अगाडी बढाएको छ,’ उनले भने ।
स्कुल अफ साईन्स एण्ड टेक्नोलोजी संकायका डिन डा. पवनकुमार झाको योजना अनुसार शिक्षकहरुलाई तालिम दिएर प्रविधिमा पोख्त बनाउन लागि परेको हो ।
खोज र विकासमा केन्द्रित गराउने गरी काठमाडौं विश्वविद्यालयका प्राडा सुदन झा र फ्युज मेशिनका रोजेश शिखराकरले सहभागीहरूलाई एआई सम्बन्धी विस्तृत प्रशिक्षण प्रदान गरिएको छ ।
्
प्रशिक्षणमा एआईको प्रयोगले कोडिङ्गदेखि मुखाकृति पहिचानसम्मको कार्य सजिलै सम्भव हुने बताइएको थियो । सहायक डिन मनोजकुमार हलुवाई साहले एआई आजको आवश्यकता भएको बताए । उनले एआईसँग परिचित नभई अध्ययन, अनुसन्धान, खोज र विकासलाई गति प्रदान गर्न नसकिने बताए ।
तालिममा सहभागि भएका शिक्षक कतिवा अधिकारी र गोपाल प्रसाद शर्माले एआइसम्बन्धी तालिम आगमी दिनमा पनि दिनुपर्ने बताए । तालिममा सिकेको प्रविधियुक्त सिकाइ विद्यार्थीहरुमा लागू गरेर अगाडी बढने उनले बताए ।
एक हप्तासम्म संचालन भएको तालिममा पूविका आंगिक क्याम्पस आवद्ध ५७ जना शिक्षकहरुको सहभागिता रहेको थियो ।